गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक

पोखरा । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक परेको छ । स्याङ्जाका नेता अर्यालका जेठा छोरा माधव अर्याल ‘मुक्ति’ को सोमबार निधन भएको हो । ३८ वर्षीय माधवको पोखरामा उपचारका क्रममा मृत्यु भयो ।
माधव पछिल्लो समय जापानमा बस्दै आएका थिए । त्यहाँ जन्डिसबाट गम्भीर बिरामी भएपछि उनलाई स्वदेश फर्काइएको थियो । करिब ५ महिनाअघि नेपाल ल्याएर उनको उपचार भइरहेको थियो । पोखरासहित विभिन्न ठाउँमा उपचार गराइए पनि उनलाई बचाउन सकिएन ।
मृतक माधवका श्रीमती दीपा र ९ वर्षीय छोरा आदीन छन् । उनका बुबा भोजराजसहित आमा भगवती अर्याल, भाइ मिलन र बहिनीहरू मनीषा तथा ममता छन् । बुबा भोजराज नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय छन् । उनले तत्कालीन वालिङ गाविसको अध्यक्ष र वालिङ नगरपालिकाको प्रमुख भएर समेत काम गरिसकेका छन् ।
माधवको शव पोखराबाट स्याङ्जाको वालिङस्थित निवासमा लगिने भएको छ । त्यहाँ अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि रामदी घाटमा दाहसंस्कार गरिनेछ । निधनको खबर पाएलगत्तै पोखरामा रहेका कांग्रेस नेता तथा जनप्रतिनिधिहरू अस्पताल पुगेका थिए । उनीहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल सांसद अर्यालसहित परिवारजनमा समवेदना प्रकट गरेका छन् ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया