गण्डकी विश्वविद्यालयको ‘विद्यार्थी कल्याण तथा सामाजिक मामिला’ संयोजकमा लामा नियुक्त

पोखरा ।
गण्डकी विश्वविद्यालयले उप–प्राध्यापक सोनाम बुद्ध लामालाई विश्वविद्यालयको ‘विद्यार्थी कल्याण तथा सामाजिक मामिला’ शाखाको संयोजकमा नियुक्त गरेको छ । विश्वविद्यालय कार्यकारी परिषद्को मंसिर २३ गते बसेको बैठकको निर्णयानुसार लामालाई यो जिम्मेवारी प्रदान गरिएको हो ।
विश्वविद्यालयका कार्यकारी परिषद्का सदस्य–सचिव डा. कैलाश तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्र अनुसार, लामाले पुस १ गतेदेखि लागु हुने गरी आगामी २ वर्षका लागि संयोजकको भूमिका निर्वाह गर्नेछन् । काठमाडौँको गोकर्णेश्वर–४ निवासी लामा विश्वविद्यालयमा खेलकुद व्यवस्थापन विषयका उप–प्राध्यापकका रूपमा कार्यरत छन् ।
नवनियुक्त संयोजक लामालाई विश्वविद्यालयमा विद्यार्थी कल्याण तथा सामाजिक मामिला शाखाको स्थापना गर्ने, सो सम्बन्धी आवश्यक कार्यविधि निर्माण गर्ने तथा उक्त शाखाको प्रभावकारी व्यवस्थापन र सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ । पत्रमा उल्लेख भए अनुसार, उनको सेवा सुविधा स्नातक तहका कार्यक्रम संयोजक सरह हुनेछ । लामाले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेकोमा गण्डकी विश्वविद्यालयका बिएएलएलबी कार्यक्रम संयोजक रविकुमार सिलवालले बधाई ज्ञापन गरेका छन् ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया