विद्या भट्टराईको घोषणा : महाधिवेशनमा उम्मेदवारी दिन्न, सांसद पनि लड्दिन

समाधान संवाददाता २०८२ मंसिर २९ गते १८:११

पोखरा ।

नेकपा एमालेकी नेता विद्या भट्टराईले पार्टीको ११औं महाधिवेशनमा उम्मेदवारी नदिने भएकी छन् । उनले महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी हुन् । यसका साथै उनले अब हुने प्रतिनिधिसभाको चुनाव पनि नलड्ने बताएकी छन् । पूर्वशिक्षामन्त्रीसमेत रहेकी भट्टराईले आफूलाई कुनै पनि गुटमा नराख्ने निधो गरेकी हुन् ।

भट्टराईलाई ईश्वर पोखरेल पक्षले सम्पर्क गरेको थियो । उक्त पक्षका नेताहरूले उनलाई सचिव पदमा उम्मेदवारी दिन आग्रह गरेका थिए । तर उनले त्यो प्रस्ताव अस्वीकार गरिन् । पार्टीमा प्यानलगत प्रतिस्पर्धा हुने देखिएको उनले बताइन् । त्यसैले आफू दुवैतिर नलागी स्वतन्त्र बस्ने निर्णयमा पुगेको उनको भनाइ छ ।

Advertisement

भट्टराई यसअघि दुईपटक केन्द्रीय सदस्य भइसकेकी छन् । उनी सांसद पनि भइन् । तर अब उनी संसदीय राजनीतिमा नदेखिने भएकी छन् । प्रतिनिधिसभाको चुनावमा अब उम्मेदवार नबन्ने उनले प्रस्ट पारेकी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया