एमाले नेतृत्वका लागि आज मतदान : ओली र पोखरेल भिड्दै, ८० वटा मेसिनबाट भोटिङ

समाधान संवाददाता २०८२ पुष १ गते १०:४८
???????, ?? ??????? ????? ?????????? ?????? (?????)?? ??????? ??????????? ???? ???? ????????? ??????????? ?????? ?????? ??????? ???? ????? ???????? ??????????? ???????????? ??????? ????? ? ??????? ???? ???????÷????

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) मतदान हुँदै छ । अध्यक्षसहित ३५१ पदका लागि देशभरबाट आएका प्रतिनिधिले मतदान गर्नेछन् ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । त्यस्तै, महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिडेका छन् । सोमबार राति उम्मेदवारी दर्ता सकिएपछि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ ।

Advertisement

निर्वाचनमा कुल २ हजार २६३ प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन् । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोग गरी कुल ३५१ पदका लागि चुनाव हुन लागेको हो ।

एमाले महाधिवेशनमा यसपटक विद्युतीय भोटिङ मेसिन (इभिएम) प्रयोग गरिँदै छ । मतदानका लागि ८० वटा मेसिनको व्यवस्था गरिएको छ ।

Advertisement

रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले मेसिनमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने काम भइरहेको जानकारी दिए । ‘हामी निर्धारित समयमै नाम इन्ट्री गरेर आयोगलाई मेसिन बुझाउने कोसिसमा छौँ,’ उनले भने, ‘तर उम्मेदवार धेरै भएका कारण मतदान सुरु हुन केही ढिला हुन सक्छ ।’

तपाईको प्रतिक्रिया