गण्डकी विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान, १५ दिनभित्र आवेदन दिनुपर्ने

पोखरा । गण्डकी विश्वविद्यालयले रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्ति गर्न गठित सिफारिस समितिले मंगलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरेको हो ।
समितिले ‘गण्डकी विश्वविद्यालयको उपकुलपति सिफारिससम्बन्धी कार्यविधि, २०८२’ बमोजिम दरखास्त खुलाएको जनाएको छ । इच्छुक र योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
पोखरा महानगरपालिका–१७ मुस्ताङचोकस्थित विश्वविद्यालयको उपकुलपति सिफारिस समितिको सचिवालयमा कार्यालय समय (बिहान १० देखि ४ बजे) भित्र दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट बुझाउन सकिने व्यवस्था गरिएको छ ।
आवेदनका लागि ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ । आवेदकले एनएमबि बैंकको अमरसिंह चोक शाखामा रहेको ‘गण्डकी युनिभर्सिटी आया खाता’ मा रकम जम्मा गरेको भौचर पेस गर्नुपर्नेछ । छनोट प्रक्रिया र कार्यविधिसम्बन्धी विस्तृत जानकारी विश्वविद्यालयको वेबसाइटबाट लिन सकिने समितिले जनाएको छ ।









पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया