एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
समाधान संवाददाता
२०८२ पुष १ गते ११:२२

काठमाडौँ ।
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा जारी रहेको छ ।
यस्तै, ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन दर्ता भएको छ ।
तीन उपमहासचिव पदका लागि सात जनाको उम्मेदवारी परेको छ । नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ । आयोगले आज अपराह्न साँझ ४ बजेदेखि निर्वाचन गर्ने तयारी गरेको छ । महाधिवेशनमा २२६२ प्रतिनिधि छन् ।
सम्बन्धित








सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया