देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा सामग्री बाँड्दै एनसेल

काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका बेलामा जनाएको प्रतिबद्धता बमोजिम देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई २ हजार ४ सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ ।
प्रत्येक चौकामा ४ शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहललाई निरन्तरता दिँदै एनसेलले एनपिएल दोस्रो संस्करणमा पनि हरेक चौकाको प्रहारमा चार शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । गत वर्ष सुरु गरिएको यस पहलले क्रिकेटको उत्साहलाई अर्थपूर्ण शैक्षिक सहयोगसँग जोड्दै आएको छ । खेल मैदानमा प्रहार भएका चौकाले विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउँदै आएको छ । यो पहलले एनसेल फाउन्डेसनको शिक्षाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
यो वर्षको एनपिएलका क्रममा ९९ खेलाडीले ६ सय ७ चौका प्रहार गरेका थिए । जसका आधारमा २ हजार ४ सय २८ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित भएको छ । पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ चौका प्रहार गर्दै १ सय २४ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरे । २६ वटा चौकासहित लुम्बिनी लायन्सका डार्सी सर्ट दोस्रो स्थानमा रहँदै १ सय ४ वटा शैक्षिक सामग्री सुनिश्चित गरे भने सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले २३ वटा चौका प्रहार गर्दै ९२ वटा शैक्षिक सामग्रीको यकिन गरे ।
सामग्री वितरण गर्ने पहलको उद्देश्य विद्यार्थीलाई आवश्यक शैक्षिक स्रोतको अभाव सम्बोधन गर्दै सिकाइमा सहयोग पु¥याउनु हो । यसरी प्रदान गरिने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, सार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्री समावेश हुन्छन् ।
हरेक चौकाले विद्यार्थीको पठनपाठनमा पनि सहयोग गरेको जनाउँदै एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक बिषाखा लक्ष्मी खड्काले भनिन्, ‘गत वर्षझैं यस वर्ष पनि सम्बन्धित सरोकारवालासँग सहकार्य गर्दै यस्ता स्रोतको सबैभन्दा बढी आवश्यक पर्ने सरकारी विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी यी शैक्षिक सामग्री वितरण गर्ने छौं ।’
यस वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदार थियो । कम्पनीले दोस्रो संस्करणका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार नगद पुरस्कार प्रदान गरेको थियो । साथै, पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले दोस्रो संस्करणमा सबैभन्दा धेरै चौका प्रहार गरेकाले एनसेलबाट २ लाख नगद पुरस्कार प्राप्त गरेका थिए ।
गत वर्ष, एनपिएलको पहिलो संस्करणमा प्रहार भएका ६ सय ५३ चौकाबाट फाउन्डेसनले २ हजार ६ सय १२ भन्दा बढी शैक्षिक सामग्री प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धता बमोजिमका सामग्रीसहित, फाउन्डेसनले देशभर ९ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो । यो वर्ष पनि शैक्षिक सामग्रीको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय तह र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिनेछ ।








देशभरका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयमा सामग्री बाँड्दै एनसेल
बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया