गोदरेजका वासिङ मेसिनमा कम्प्रिहेन्सिभ वारेन्टी

पोखरा । उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै दीर्घकालीन विश्वास प्रदान गर्ने लक्ष्यसहित गोदरेज एप्लायेन्सेसले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट–लोड वासिङ मेसिनहरूमा ४ वर्षे कम्प्रिहेन्सिभ वारेन्टी सार्वजनिक गरेको छ ।
ओन्ली विथ गोदरेज ट्यागलाइनसहित सुरु गरिएको यो वारेन्टी सुविधाले वासिङ मेसिन श्रेणीमा गोदरेजलाई उपभोक्ताको विश्वासको नयाँ मापदण्डका रूपमा स्थापित गरेको छ । कम्पनीले आफ्ना वासिङ मेसिनहरूमा ४ वर्षको कम्प्रिहेन्सिभ वारेन्टीसँगै १० वर्षको मोटर वारेन्टी प्रदान गर्दै मर्मत, पाट्र्स र सेवासम्बन्धी चिन्ताबाट उपभोक्तालाई दीर्घकालीन निश्चिन्तता दिएको छ ।
गोदरेजका यी वासिङ मेसिनहरू एआई–पावर्ड टर्बिडिटी सेन्सिङ प्रविधिसहित डिजाइन गरिएका छन् । यस प्रविधिले पानीमा रहेको डिटर्जेन्टको अवशेष पहिचान गरी आवश्यकता अनुसार रिन्सिङ प्रक्रिया स्वचालित रूपमा समायोजन गर्छ । यसले १ सय ५० प्रतिशतसम्म बढी रिन्सिङ प्रभावकारिता प्रदान गर्दै सामान्य रिन्स साइकलको तुलनामा ५० प्रतिशतसम्म बढी कडा डिटर्जेन्ट हटाउन सक्षम बनाउँछ । यसका परिणामस्वरूप कपडा लामो समयसम्म सफा, नरम र सुरक्षित रहने कम्पनीले जनाएको छ ।
घरायसी आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएका यी मेसिनले १ सयभन्दा बढी कठिन दागसँग प्रभावकारी लडाइँ गर्ने क्षमता राख्छन् । यसमा हल्दी, दाल, कुकुम, मेहन्दी, अचार जस्ता दागहरू सजिलै हटाउन सकिनेछ । यसमा रहेको स्टिम वास टेक्नोलोजी विथ इन–बिल्ट हिटरले पानीलाई ९५ डिग्री सेल्सियससम्म तताएर गहिरो र हाइजिनिक धुलाई सुनिश्चित गर्छ । मेसिनमा रहेको ९५ डिग्री सेल्सियस एड्भान्स्ड टब क्लिन विथ अटो रिमाइन्डर फिचरले प्रत्येक ४५ वाशपछि स्वचालित रिमाइन्डरसहित ड्रम क्लिन गर्ने सुविधा प्रदान गर्छ ।
यी मेसिनहरू टप–लोड वाशिङ मेसिनको तुलनामा ६५ प्रतिशतसम्म पानी बचत गर्न सक्षम छन् । यसमा प्रयोग गरिएको १४०० आरपीएम हाई–स्पिन मोटरले बढी पानी निष्कासन गरी कपडा छिटो सुकाउने सुविधा दिन्छ । डिजिटल इन्भर्टर मोटर टेक्नोलोजीका कारण मेसिनले शान्त सञ्चालन, ऊर्जा–दक्षता र लामो समयसम्म टिकाउपन प्रदान गर्छ । यसबाहेक हल्का प्रयोग भएका कपडालाई स्टिमद्वारा ताजा बनाउने रिफ्रेस प्रोग्राम र जीवाणु नियन्त्रणसहित गहिरो सफाइ गर्ने ’हाइजिन वाश’ जस्ता विशेषताहरू पनि यसमा समावेश गरिएका छन् ।
गोदरेजका यी प्रिमियम वाशिङ मेसिनहरू इओन रिगालिस सिरिज अन्तर्गत ८ केजी र ९ केजी क्षमतामा उपलब्ध छन् ।
म्याट ब्ल्याक र रोज गोल्ड रङमा उपलब्ध यी मेसिनहरू नेपालभर सिजी इलेक्ट्रोनिक्समार्फत खरिद गर्न सकिनेछ । अत्याधुनिक प्रविधि, उच्च हाइजिन र कम्प्रिहेन्सिभ वारेन्टीको संयोजनमार्फत गोदरेजले नेपाली उपभोक्तालाई स्मार्ट टेक्नोलोजीसँग दीर्घकालीन भरोसा प्रदान गरेको छ । ४ वर्षे ’कम्प्रिहेन्सिभ वारेन्टी – ओन्ली विथ गोदरेज’ ले वाशिङ मेसिन सेग्मेन्टमा नयाँ विश्वासको आधार तयार गरेको कम्पनीको दाबी छ । यो योजना सीमित समयका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया