हेरालो प्रतिष्ठान कास्कीमा धनराज पुरी दोहोरिए

समाधान संवाददाता २०८२ पुष २ गते १८:५२

पोखरा । हेरालो प्रतिष्ठान कास्की पोखराको २० औं साधारण सभा तथा नवौं अधिवेशनले अध्यक्षतामा धनराज पुरीलाई निरन्तरता दिएको छ ।

पुरीको अध्यक्षतामा दुई वर्षका लागि सर्वसम्मत चुनिएको ११ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्ष बाबुराम बराल, उपाध्यक्ष भेष गुरुङ, सचिव तिलक थापा, कोषाध्यक्ष उमाकान्त पराजुली र सहसचिवमा दीपक भट्टराई छन् । सदस्यमा रोश गुरुङ, पूजा शाह, यामबहादुर रानाभाट र ईन्द्रबहादुर गिरी निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष महेन्द्र श्रेष्ठले नयाँ परिवेशमा नवीन ढंगले काम गर्नुपर्नेमा जोड दिए । पूर्व उपाध्यक्ष सुशीलराज पराजुलीले हेरालो कार्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा आफ्नो तर्फबाट सहयोग उपलब्ध गराउने वचनवद्धता जनाए । नवनिर्वाचित अध्यक्ष पुरीले पुनः निर्वाचित भएकोमा खुसी र जिम्मेवारी दुबै बोध भएको सुनाए । पूर्वअध्यक्ष निरज थापाले जापानमा जन्मेर नेपालमा हुर्केको हेरालो साढे २ दशकसम्म प्रभावकारी रुपमा अघि बढेकोमा सन्तोष व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया