मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

समाधान संवाददाता २०८२ पुष २ गते २२:५५

पोखरा – पोखरा–१४ मा  मनोहर युवा क्लबले माघ संक्रान्तिको अवसरमा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ। क्लबले प्रतियोगिताबाट प्राप्त हुने बचेको रकम मनोहर व्यायामशाला निर्माणका लागि खर्च गर्ने निर्णय गरिएको प्रचार–प्रसार उपसमितिका संयोजक रामजी जिसी बताए

प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न क्लबले मूल समारोह समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ। मूल समारोह समितिका संयोजकमा क्लबका अध्यक्ष शैलेश बानियाँ चयन भएका छन्। प्रतियोगिताको व्यवस्थापन, प्रचार–प्रसार, स्वास्थ्य, खेल मैदान व्यवस्थापन, अतिथि सत्कार, पुरस्कार वितरण लगायत सबै जिम्मेवारीका लागि उपसमितिहरू गठन गरिएको जिसीले जानकारी दिए ।
जसमध्ये वडा नं. १४ का वडा अध्यक्ष बोधबहादुर कार्की संरक्षण÷जनप्रतिनिधि उपसमितिका संयोजक बनेका छन् भने जे.भी. कुँवर सल्लाहकार उपसमितिका संयोजक हुन्। मूल्याङ्कन तथा कार्य सम्पादन उपसमितिका संयोजक ललितबहादुर बानियाँ, अर्थसंकलन उपसमितिका संयोजक मोतीबहादुर बानियाँ चयन भएका छन्। प्रतियोगिताको प्रचार–प्रसार उपसमितिका संयोजक रामजी जिसी छन्।

त्यसैगरी निर्णायक उपसमितिका संयोजक शिवशंकर जिसी, सचिवालय÷पुरस्कार उपसमितिका संयोजक महेश्वर बानियाँ, अतिथि सत्कार उपसमितिका संयोजक दिलकुमारी जिसी (लक्ष्मी), खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक अनुप केसी, सरसफाइ व्यवस्थापन उपसमितिका संयोजक रेशम जिसी, स्वास्थ्य तथा प्राथमिक उपचार उपसमितिका संयोजक दीपा थापा, खेलाडी व्यवस्थापन उपसमितिका संयोजक ईश्वर बानियाँ, प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक मिलन के.सी., खाना÷खाजा व्यवस्थापन उपसमितिका संयोजक प्रदीप जिसी, युवा तथा स्वयंसेवक परिचालन उपसमितिका संयोजक रविन्द्र कुँवर, मञ्च तथा साउण्ड सिस्टम व्यवस्थापन उपसमितिका संयोजक अनिल कार्की र सांस्कृतिक व्यवस्थापन उपसमितिका संयोजक सविना क्षेत्री चयन भएका छन्।

Advertisement

क्लब अध्यक्ष शैलेश बानियाँका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले रु.१७५,५५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। द्वितीय हुने टिमले रु.१०१,१११ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ। सेमिफाइनलमा प्रवेश गर्ने अन्य दुई टिमलाई रु.२०,००० र प्रमाणपत्र प्रदान गरिनेछ।

मनोहर युवा क्लबले पोखरामा भलिबल खेललाई प्रोत्साहन गर्दै स्थानिय युवाहरूलाई खेलकुदमा संलग्न गराउने उद्देश्य राखेको छ। प्रतियोगिताले समुदायमा खेलकुदप्रति उत्साह र एकता बढाउने अपेक्षा गरिएको छ।

Advertisement

आयोजकहरूले स्थानीय खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूलाई प्रतियोगितामा सहभागी हुन आमन्त्रित गरेका छन्।

प्रतियोगिता सम्पन्न भएपछि बचेको रकमले निर्माण गरिने मनोहर व्यायामशालाले आगामी दिनमा खेलकुद क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास आयोजकहरूको छ।

तपाईको प्रतिक्रिया