शिक्षासेवी तथा उद्योगी हरिप्रसाद पाण्डेलाई पोखरा रत्न

समाधान संवाददाता २०८२ पुष ३ गते ६:०६

पोखरा । पोखरा महानगरपालिकाले ६७ औं स्थापना दिवसको अवसरमा उद्योग व्यवसाय, औद्योगिक प्रवद्र्धन र शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका हरिप्रसाद पाण्डेलाई पोखरा रत्न सम्मान प्रदान गरेको छ । महानगरले उनलाई २ लाख २ हजार २ सय दुई रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, तक्माले बुधबार सम्मान गरिएको हो ।


पोखरालाई कर्मथलो बनाएर पाण्डेले विभिन्न उद्योग र कल कारखाना स्थापना गर्दै रोजगारी सिर्जना र औद्योगिक विकासमा महत्वपूर्ण योगदान दिएका छन् । उनीले माछापुच्छ्रे मेटल एण्ड मेसिनरी वक्र्स, पोखरा फुड्स, एभरेष्ट इन्जिनियरिङ वक्र्स, पोखरा मेसिन टुल्स इन्डस्ट्रिज, पोखरा नुडल्स र रम्बा जनरल फुड इन्डस्ट्रिज कम्पनी स्थापना गरे । यी कम्पनीमार्फत उद्योग व्यवसाय प्रवद्र्धनसँगै प्रबिधिक मेसिनरी टुल्सको विकासमा सहयोग पुर्‍याए । उनले मातृसेवा प्रतिष्ठान नेपालका तर्फबाट पोखरा महानगरपालिकाभित्र करिब २५० विद्यार्थी सहित ८५० भन्दा बढी विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै शैक्षिक उन्नयनमा योगदान दिएका छन् ।


उनी विस २०१० मा पाल्पाको तानसेन नगरपालिका १४ अर्जलीमा जन्मिएका हुन् । यद्यपि अहिले उनी पोखरा ८ सृजनाचोकमा बसोबास गर्छन् । उनले मेकानिकल इन्जिनियरिंगमा डिप्लोसम्म अध्ययन गरे ।

Advertisement


व्यावसायिक क्षेत्रमा उनी विभिन्न उद्योगको संस्थापक र अध्यक्ष/प्रबन्ध निर्देशक रहेका छन् । उनी माछापुच्छ्रे मेटल एण्ड मेसिनरी वक्र्स, पोखरा फुड्स, एभरेष्ट इन्जिनियरिंग वक्र्स, पोखरा मेसिन टुल्स इन्डस्ट्रिज, पोखरा नुडल्स, रम्बा जनरल फुड इन्डस्ट्रिज र काठमाडौंस्थित फ्रेन्डसिप इन्जिनियरिंग कम्पनीका संस्थापक तथा अध्यक्ष हुन् ।
उनीले विभिन्न शैक्षिक संस्थाको संस्थापक सदस्यता र नेतृत्व पनि दिएका छन् । नेपाल इन्जिनियरिंग कलेज, चाङुनारायण, भक्तपुर, नेपाल मेडिकल कलेज, काठमाडौं, होटल म्यानेजमेन्ट कलेज, गण्डकी मेडिकल कलेज, कास्की फाइनान्स लिमिटेडमा उनको योगदान उल्लेखनीय छ ।

पाण्डेले जलविद्युत् परियोजनामासमेत महत्वपूर्ण काम गरेका छन् । उनी टास्क हाइड्रोपावर कम्पनी, पोखरा १३ का निर्देशक, भगवती हाइड्रोपावर डिभलपमेन्ट कम्पनी, पोखरा २६ का पूर्व अध्यक्ष, हिमालय उर्जा विकास कम्पनी, रामेछापका दुई परियोजनाका अध्यक्ष तथा निलगंगा हाइड्रोपावर कम्पनी, मनाङका कार्यकारी निर्देशक हुन् ।

Advertisement

राजनीतिक र सरकारी क्षेत्रमा उनी पूर्व सांसद (उच्च सदन), पूर्व जलस्रोत तथा उद्योग मन्त्री हुन् । उनको सामाजिक योगदान पनि उल्लेखनीय छ । उनी मातृसेवा प्रतिष्ठान नेपालका अध्यक्षका हुँदा ८५० विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै शिक्षा पहुँच विस्तार गर्न सक्रिय छन् । सरकारी विद्यालय, मन्दिर र विपन्न समुदायको सहयोगमासमेत उनी सघाउ पु¥याएका छन् । पाण्डेले तीन पुस्तक लेखेका छन् । उनका योगदानलाई ध्यानमा राख्दै पोखरा महानगरपालिकाले उनीलाई पोखरा रत्न २०८२ बाट सम्मान गरेको हो ।

तपाईको प्रतिक्रिया