महिला उद्यमशीलता र सशक्तीकरण अभियन्ता रामकली खड्का

पोखरा ।
पोखरा महानगरपालिकाले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा महिला उद्यमशिलता र सशक्तिकरणमा उल्लेखनीय योगदान पु¥याएकी रामकली खड्कालाई पोखरा रत्न सम्मान प्रदान गरेको छ । महानगरले उनलाई २ लाख २ हजार २ सय दुई रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, तक्माले बुधबार सम्मान गरिएको हो ।
पोखरालाई कर्मथलो बनाएर खड्काले विगत ५ दशकदेखि महिला सीप बिकास संस्था मार्फत हजारौं महिलालाई सीप प्रदान गरेकी छन् । उनले निर्मित हस्तकला सामग्री बिदेशमा निर्यात गर्दै निमुखा, असहाय र एकल महिलाहरूको आर्थिक सशक्तिकरणमा अमूल्य योगदान पुर्याएकी छन् ।
रामकली खड्काले २०३२ सालदेखि महिला सीप बिकास संस्थामा संस्थापक र निर्देशकको रूपमा काम गर्दै महिला उद्यमशिलता विकासमा नेतृत्व गरेकी छन् । उनी पोखरा ८ प्रतिवा मार्ग, तल्लो सिमलचौरकी स्थायी बासिन्दा हुन् । उनले काठमाडौंको महिला प्रशिक्षण केन्द्रबाट १८ महिना लामो सीप विकास तालिम लिएकी छन् र उनले व्यवस्थापन, गुणस्तर नियन्त्रण तथा बजार व्यवस्थापनमा विभिन्न तालिम पनि प्राप्त गरेकी छन् ।
उनले २१ हजारभन्दा बढी महिलालाई विभिन्न सीप तालिम प्रदान गरेकी छन् । संस्थामा संस्थापक निर्देशकका रूपमा काम गरेकी खड्काले २००९ देखि पोखरा महिला सीप विकास प्रा. लि.को स्वामित्व पनि सञ्चालन गरेकी छन् । उनी महिला सीप विकास बचत तथा ऋण सहकारी लिमिटेडकी संस्थापक अध्यक्ष पनि हुन् ।
रामकली खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा समेत सहभागिता जनाइन् । उनले एशिया क्षेत्रीय फेयर ट्रेड सम्मेलन काठमाडौं १९५५ साल, अन्तर्राष्ट्रिय सम्मेलनहरू जस्तै युएस डिपार्टमेन्ट अफ स्टेटको इन्टरनेशनल भिजिटर प्रोग्राम, बेलायत, इक्वेडोर, बेल्जियम, कोरिया, ब्राजिल, इटाली, डेल्ही, पेरू, जर्मनीमा आयोजित डब्लुएफटिओ सम्मेलनमा सहभागिता जनाइन् । उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन् । मोहम्मद इस्लाम आर्टिसान रिकग्निशन अवार्ड २०६६, सर्वोत्तम महिला उद्यमशिलता पुरस्कार २०७२, नेपाल सीईओ अफ द इयर २०७५, गण्डकी प्रदेशको सर्वोत्तम महिला उद्यमशिलता पुरस्कार २०७६, महिला सशक्तिकरण पुरस्कार २०७८ लगायतबाट उनी पुरस्कृत भएकी छिन् ।
खड्का महिला सीप विकास संस्था, वल्र्ड फेयर ट्रेड ओर्गनाइजेशन, एशिया फेयर ट्रेड फोरम, होमनेट एशिया र नेपाल रेडक्रस सोसाइटी लगायतका सामाजिक संस्थासँग सक्रिय रूपमा जोडिएकी छन् । उनी पोखरा जिल्ला प्रहरी परिवार महिला संगठनकी सल्लाहकार, कास्की–पोखरा हस्तकला संघकी अध्यक्ष, फेयर ट्रेड ग्रुप नेपालकी संस्थापक सदस्य तथा राडियो जननीकी संस्थापक सदस्य समेत हुन् ।
पोखरा महानगरपालिकाले रामकली खड्काको जीवनभरको महिला सशक्तिकरण, उद्यमशिलता प्रवद्र्धन र समाज सेवामा पुर्याएको योगदानको कदर गर्दै पोखरा रत्नबाट पुरस्कृत गरेको हो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया