१०४ वर्षीय झ्याउरी र काशीनाथ बने पोखरा महानगरका ‘मातापिता’
समाधान संवाददाता
२०८२ पुष ३ गते ५:५१

पोखरा । पोखरा महानगरपालिकाले दुईजना ज्येष्ठ नागरिकलाई ‘महानगर मातापिता’ घोषणा गरेको छ । महानगरले आफ्नो ६७औँ स्थापना दिवसका अवसरमा बुधबार उनीहरूलाई सम्मान गर्दै यो उपाधि दिएको हो ।
सम्मानित हुनेमा पोखरा–२८ आरुपाटाकी १०४ वर्षीया झ्याउरी तिमिल्सिना र पोखरा–३२ डाँडाखर्कका १०४ वर्षीय काशीनाथ पण्डित छन् । उनीहरू दुवैको उमेर १०४ वर्ष पुगेको छ ।
समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महानगर प्रमुख धनराज आचार्यले उनीहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका थिए । सोही अवसरमा उनीहरूलाई महानगरको मातापिता घोषित गरिएको महानगरले जनाएको छ ।
सम्बन्धित







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया