एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी

समाधान संवाददाता २०८२ पुष ३ गते १३:१२

पोखरा । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा केपी शर्मा ओली विजयी भएका छन् । अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै ओली निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी पोखरेलले ५ सय ६४ मत मात्र पाए ।


महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी उनी विजयी भएका हुन् ।

Advertisement

पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।

मतपरिणाम स्पष्ट भए पनि आयोगले विजयी उम्मेदवारको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया