मणिपालमा बुद्ध विशाल बजार व्यवसायीलाई छुट

पोखरा ।
बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका सदस्यलाई नेपाल मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । एसोसियसन र नेपाल मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै एसोसियसनका साधारण सदस्यले सो सुविधा पाउने भएका हुन् ।
एसोसियसनका अध्यक्ष बुद्धिबहादुर कुँवर तथा मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलबीच यसबारे सम्झौता भएको छ । सम्झौता अनुसार अस्पतालले बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका सदस्यलाई स्वास्थ्य सेवामा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्ने छ ।
अब एसोसियसनका सदस्यले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन । छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरू उपभोग गर्न एसोसियसनमा दर्ता भई परिचयपत्र देखाउनुपर्ने छ ।
अस्पतालमा एसोसियसनका सदस्यले दर्ता शुल्कमा शत प्रतिशत, अस्पतालको सामान्य शड्ढया शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेशन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन् ।
सदस्यहरूलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन । ‘न्युरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छुट दिइनेछ,’ सम्झौतापत्रमा भनिएको छ, ‘नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था छ ।’ बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष बुद्धिबहादुर कुँवरका अनुसार नियमित जाँचमा रगत, पिसाब, इसिजी, एक्सरे, युरिक एसिड, थाइराइड, युएसजी लगायत अस्पतालले प्रदान गर्ने सेवा छन् ।
‘हाम्रा साधारण सदस्यलाई थोरै भए पनि सहुलियत प्रदान गरौँ भन्ने हेतुले यो सम्झौता गरिएको हो’, अध्यक्ष बुद्धिबहादुर कुँवरले भने, ‘हामीले नेपाल मणिपाललाई हाम्रा साधारण सदस्यले एसोसियसनले प्रदान गरेको परिचयपत्रकै आधारमा यो सेवा पाउनुहुनेछ । हामीले त्यसको जानकारी अस्पतालाई गराइसकेका छौँ ।’
यो सम्झौताको २०८४ असार मसान्तसम्म लागू हुनेछ । यस सम्झौतालाई पुन त्यसपछि पनि सम्झौता नवीकरण गरिने अध्यक्ष कुँवरले बताए । नेपाल मणिपाल अस्पतालका प्रमुख कार्यकारी निर्देशक ओडुभिलले नेपाल मणिपाल कलेज पोखरालाई स्वास्थ्य लाभको केन्द्र बनाउने दिशामा निरन्तर अगाडि बढेको जानकारी गराए । मणिपालले हाल प्रदान गरिरहेको सेवा विश्वस्तरीय रहेको बताउँदै उनले भने, ‘हाम्रोमा सस्तो शुल्कमा विश्वस्तरको गुणस्तरीय चिकित्सा सेवा पाइन्छ ।’
नेपाल मणिपाल अस्पतालका लियाजन अफिसर कृष्णमोहन श्रेष्ठले पोखराकै पुरानो संस्थासँग मणिपालको सहकार्यले पोखरालाई स्वास्थ्यको केन्द्र बनाउन विशेष योगदान दिने आशा व्यक्त गरे । बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले नयाँ समितिले थुप्रै उत्कृष्ट काम गरेकोमा धन्यवाद दिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया