बागलुङमा पिकअप जिपको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
समाधान संवाददाता
२०८२ पुष ४ गते ५:३०

बागलुङ । बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ। म्याग्दीको सदरमुकाम बेनीबाट बागलुङतर्फ आउँदै गरेको जिपले ठक्कर दिँदा काठेखोला गाउँपालिका–१ धैरेनीका ५ वर्षीय सूर्य ढुंगानाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार ध १ च १३३६ नम्बरको पिकअप जिपले बिहीबार साँझ ६ बजेतिर बालकलाई ठक्कर दिएको थियो। सडक पार गर्ने क्रममा जिपले ठक्कर दिएको प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्काल धवलागिरि प्रादेशिक अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको निरीक्षक थापाले बताए।
प्रहरीले जिप चालक पर्वतको जलजला गाउँपालिका–८ नाङ्लिबाङका २५ वर्षीय सुनिल नेपालीलाई नियन्त्रणमा लिएको छ।
सम्बन्धित








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया