हिसान स्पोट्र्स मिट : भलिबल र बास्केटबलका खेल सुरु

पोखरा ।
१८ औं हिसान कास्की स्पोट्र्स मिट २०८२ बिहीबारबाट अनौपचारिक रुपमा पोखरा रंगशालामा सुरु भएको छ । हिसान स्पोट्र्स मिट अन्तर्गत पहिलो दिन छात्र भलिबल र बास्केटबलका खेल सुरू भएको हिसान कास्की अध्यक्ष दिवाकार जैशीले जानकारी दिए ।
पहिलो दिन भलिबल छात्रतर्फ ८ खेल भएको संयोजक नवीन बरालले जानकारी दिए । बिहीबार भएको खेलमा करुणानिधि माविले पश्चिमाञ्चललाई २५–१७, २५–२० ले, माउन्ट अन्नपूर्णले हिल पोइन्टलाई २५–११, २५–१६ ले, न्यु ग्यालेक्सीले गण्डकी आदर्शलाई २५–१३, २५–०४ ले, पोखरा युनाइटेडले पोखरा आदर्शलाई २५–१८, २५–१३ ले, त्रिवेणीले वेष्ट पोइन्टलाई २५–२३, २५–१७ ले, युनिभर्सले बालोदयलाई २५–१४, २५–२० ले, नेसनल इन्भेन्टिभले साइनिङ स्टारलाई १३–२५, २६–२४ र २५–२० ले तथा टप्सले वेलननलाई २५–१४, २५–१४ ले पराजित गरेका छन् ।
बिहीबार नै बास्केटबल छात्रतर्फ १६ खेल भएको बास्केटबल प्रतियोगिताका संयोजक खिम गुरूङले जानकारी दिएका छन् । पहिलो दिन पोखरा रंगशाला बास्केटबल कोर्टमा भएको प्रतिस्पर्धामा लिटल फ्ल्वारले स्टेप वाइ स्टेपलाई ३१–२० ले, जुनियर सिटिजन एकेडेमीले माउन्ट अन्नपूर्णलाई ३६–३१ ले, सोसल पब्लिकले बेथानीलाई २२–१४ ले, केफले साइनिङ स्टारलाई ३८–२३ ले, न्युलाइटले वेष्ट पोइन्टलाई २१–०९ ले, त्रिवेणीले फेवा शिक्षा सदनलाई २३–१० ले, एलएले रेन्बोलाई २७–२१ ले, मदरल्यान्डले लिटिल स्टेपलाई ३२–२७ को स्कोरमा पराजित गरेका छन् ।
रामघाटस्थित पुन समाजको कोटमा सम्पन्न खेलमा मनकामना, नव आदर्श, हिल पोइन्ट, टप्स, पोखरा युनाइटेड, शान्ति निकुञ्ज, सिर्जना र मेरीगोल्ड विजयी भएका छन् ।
हिसान स्पोर्टस मिट पुस ७ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ भने औपचारिक उद्घाटन शुक्रबार हुँदै छ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडी विभिन्न ४ खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्ने छन् ।
हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिए । प्रतियोगितामा कक्षा ११–१२ छात्र भलिबलमा ३८ र छात्रातर्फ २४ टिमहरुको सहभागिता छ ।
छात्र बास्केटबलमा सर्वाधिक ४६ तथा छात्रातर्फ २० टिम भिड्नेछन् । टेबुलटेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ गरी २ सय ५० जना तथा ब्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी २ सय ५८ जनाको सहभागिता छ । विश्वविद्यालयतर्फ बास्केटबल, टेबुल टेनिस र ब्याडमिन्टनमा सहभागिता जनाएका छन् ।
प्रतियोगिता गर्न ३२ लाख खर्च हुने र विजेता विद्यालयलाई रनिङ सिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने हिसान कास्की उपाध्यक्ष ढाकाराम कँडेलले जानकारी दिए । हरेक खेलको टिम विजेताले ७, दोस्रो हुनेले ५, तेस्रोले ३ र चौथो हुनेले १ अंक प्राप्त गर्ने छन् । प्रतियोगितामा सर्वाधिक अंक प्राप्त गर्न सफल टिम च्याम्पियन बन्नेछ ।
उपाधि विजेता टिमले उपाधिसँगै आकर्षक रनिङ सिल्ड प्राप्त गर्ने हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिए ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया