पोखरामा गीत सुनाउँदै धनबहादुर

पोखरा ।
पोखरामा आगामी फागुनमा धनबहादुर गुरुङ सांगीतिक साँझ हुने भएको छ । तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकीको आयोजनामा फागुन ३ गते पोखरा रंगशालामा सांगीतिक साँझ हुने बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
कार्यक्रम संयोजक गोरे गुरुङका अनुसार वरिष्ठ कलाकार गुरुङको सम्मान र तमु कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । नेपाली गीत–संगीत क्षेत्रमा कालजयी, कर्णप्रिय र सन्देशमूलक सिर्जनामार्फत राष्ट्रको कला तथा संस्कृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान दिएका गायक, संगीतकार तथा संगीत संयोजक धनबहादुरको कदर गर्दै यो कार्यक्रम गर्न लागिएको संघले जनाएको छ ।
कार्यक्रम गर्न १७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । कार्यक्रमबाट ११ लाख ७५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ । उक्त बचत रकमबाट पवित्र, दीर्घकालीन र सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले कल्याणकारी कोष स्थापना गरिने समितिले उल्लेख गरेको छ ।
कार्यक्रमले एक व्यक्तिको सम्मानमात्र नगरी तमु समुदायको मौलिक कला, संस्कृति, भाषा र संगीतको प्रवद्र्धन गर्दै समग्र नेपाली सांगीतिक क्षेत्रको गरिमा अभिवृद्धि गर्ने विश्वास आयोजकले विश्वास लिएको छ । संघले यस ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कार्यक्रमको प्रचार–प्रसारमा सहयोग गरिदिन सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
अध्यक्ष गुरुङले भने, ‘कुनै पनि कार्यक्रमको सफल आयोजना, प्रभावकारी सन्देश प्रवाह तथा आम नागरिकसम्म यसको उद्देश्य र महत्व पुर्याउन सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण र अपरिहार्य रहने भएकाले सहयोगको अपेक्षा गर्दछौं ।’
गायक धनबहादुरको ताङतिङैको मेलैमा, आयादो ठागु, माया पिरती, छ्याँबाह्रानी ङोल्स्यो, खो रिमै थुमै, ख्वालबै माया, क्यदे थुलेन दुख मुना, बर्खे खजे लगायत लगायत गीत चर्चामा छन् । साँझमा उनीसँगै स्वर दिएका गायिकाहरुलाई सम्भव भएसम्म स्टेजमा उतार्ने आयोजनको योजना छ ।








पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया