६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए

काठमाडौं । नेपाल सरकारले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) हरूको सरुवा तथा पदस्थापना गरेको छ। मन्त्रिपरिषद्को २०८२ पुस ३ गतेको निर्णयअनुसार गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ५ जना नयाँ सहसचिव भित्रिएका छन् भने कार्यालयमा कार्यरत २ जनाको अन्यत्र सरुवा भएको छ।
सरकारले सार्वजनिक गरेको सूचीअनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव मोतिराम सापकोटालाई गण्डकीको मुख्यमन्त्री कार्यालयमा प्रदेश सचिवकै रूपमा कामकाजमा खटाइएको छ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव देव राज निरौला (इन्जिनियरिङ सेवा) लाई गण्डकीको मुख्यमन्त्री कार्यालयको प्रदेश सचिवमा पठाइएको छ। गृह मन्त्रालयमा कार्यरत सहसचिव डा. टोक राज पाण्डेयलाई पनि गण्डकीको मुख्यमन्त्री कार्यालयको प्रदेश सचिवको जिम्मेवारी दिइएको छ।
राष्ट्रिय सहकारी विकास बोर्डमा कार्यरत सहसचिव शेष नारायण पौडेल र गृह मन्त्रालयका अर्का सहसचिव कृष्ण प्रसाद लम्साललाई पनि गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रदेश सचिवमा कामकाजका लागि खटाइएको छ।
२ जनाको सरुवा
गण्डकीको मुख्यमन्त्री कार्यालयमा कार्यरत प्रदेश सचिव रमेश ढकालको सरुवा भएको छ। उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरी युवा तथा खेलकुद मन्त्रालयमा काजमा खटाइएको छ।उनी जेन्जी आन्दोलनको केही अघि गण्डकीमा आएका थिए ।
यसैगरी, गण्डकीका ऊर्जा सचिव सचिव राजन भट्टराई (इन्जिनियरिङ सेवा) को ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ।
सरकारले कुल ६० जना सहसचिवको सरुवा, पदस्थापना तथा काज तोकेको हो। गण्डकीमा आएका सचिवहरुको पदस्थापनबारे प्रदेशको मन्त्री परिषदको बैठकले निर्णय गर्ने छ ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया