लक्ष्मी ग्रुपको ५२औं स्थापना दिवसमा २१ कर्मचारी सम्मानित

काठमाडौं ।
लक्ष्मी ग्रुप प्रालिले शनिबार विविध कार्यक्रमको आयोजना गरी आफ्नो ५२औं स्थापना दिवस मनाएको छ । वार्षिकोत्सवका अवसरमा ग्रुपले ८५ जनाद्वारा रक्तदान, २१ जना दीर्घसेवी कर्मचारीलाई सम्मान तथा खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेको छ ।
बटुकद्वारा स्वस्ती वाचन एवं ग्रुपका कार्यकारी निर्देशक सुनील श्रेष्ठले कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक श्रेष्ठले ५२ वर्षअघि स्व. हजुरआमा पुतलीदेवी श्रेष्ठको छत्रछायाँमा बुवाहरू बुद्धिबहादुर श्रेष्ठ र गणेशबहादुर श्रेष्ठले स्थापना गरेको ‘लक्ष्मी मिठाई भण्डार’ ले सबैको साथ, सहयोग र समर्थनले आजको यो विशाल रुप लिएको बताए । उनले आगामी दिनमा समेत यस किसिमको साथ र सहयोग निरन्तर रहने कुरामा आफू विश्वस्त रहेको भन्दै ‘सबैको सहयोगले नै संस्था यो अवस्थामा आइपुगेको’ विचार व्यक्त गरे ।
कार्यक्रममा कम्पनीमा ५, १०, १५, २० र ३० वर्ष सेवा पूरा गर्ने विभिन्न २१ जना कर्मचारीहरूलाई सम्मान गरिएको थियो । सम्मानित कर्मचारीहरूलाई कम्पनीका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ एवं उनकी धर्मपत्नी मनलक्ष्मी श्रेष्ठ, निर्देशकहरू चन्द्रबहादुर राजभण्डारी, कृष्णबहादुर श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, सुब्रत श्रेष्ठ र अनुभव श्रेष्ठले सम्मानस्वरूप मायाको चिनो एवं प्रशंसापत्र प्रदान गरेका थिए ।
५२औं स्थापना दिवसकै अवसरमा कर्मचारीहरूबीच भाइचाराको अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको खेलकुद कार्यक्रमअन्तर्गत महिला तथा पुरुष एकल ब्याडमिन्टन र फुटसल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
स्थापना दिवसकै अवसर पारेर ग्रुपले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । कम्पनीका कार्यकारी निर्देशक सुनील श्रेष्ठले पहिलो रक्तदाता महेन्द्र थापालाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरी सुरुवात गरिएको सो कार्यक्रममा जम्मा ८५ जना कर्मचारीहरूले रक्तदान गरेका थिए । यस प्रकारको रक्तदान कार्यक्रम कम्पनीले सोसियल कर्पोरेट रेस्पोन्सिबिलिटी (संस्थागत सामाजिक उत्तरदायित्व) अन्तर्गत हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै आएको कम्पनीले जनाएको छ ।
समारोहमा कम्पनीका मानव संसाधन विभागका महाप्रबन्धक श्याम मल्लले कार्यक्रम आयोजनाको उद्देश्यमाथि प्रकाश पार्दै प्रतिष्ठानले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद एवं धार्मिक क्षेत्रका विभिन्न विधाहरूमा कम्पनीले हालसम्म देखाएको सक्रियता एवं समुदायमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमलाई प्रताप आचार्यले सञ्चालन गरेका थिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया