आश्रमलाई आश्रय नेपालको साथ

पोखरा । पोखरा २७ को श्रीकृष्ण प्रणामी वृद्ध तथा बाल आश्रमका बालबालिकाका लागि आश्रय नेपालले न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेको छ । आश्रममा आयोजित कार्यक्रममा महिला पर्यटन विकास समिति कास्कीकी अध्यक्ष ममता न्यौपानेले आश्रय अभियान नेपाललाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरिन् ।
आश्रय अभियान नेपालकी अध्यक्ष गीता लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराई र लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले सहयोग महत्वपूर्ण रहेको उल्लेख गरे ।
अभियानका सचिव कृष्णप्रसाद ढुंगानाको पहलमा आश्रममा आश्रित १५ जना बालबालिकालाई न्यानो पोशाक र खाद्यान्न प्रदान गरेकोमा आभार व्यक्त गरे । आश्रमका १०८ स्वामी विष्णु वशिष्ठले आश्रित बालबालिकालाई गरेको सहयोगले उनीहरुको लक्ष्य र उद्देश्य हाँसिल गर्न सघाउ पुग्ने जनाए ।
सचिव कृष्णप्रसाद ढुंगानाले विभिन्न समयमा यस्ता सहयोगका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता गरे । कार्यक्रममा कोषाध्यक्ष रक्षा भण्डारीले पनि बोलेकी थिइन् ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया