चन्द्रावतीको ‘कहरको त्यो समय’ लोकार्पण

समाधान संवाददाता २०८२ पुष ६ गते १८:२१

पोखरा । साहित्यकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ शनिबार सार्वजनिक भएको छ । गीताञ्जली साहित्य परिवार पोखरा र नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पोखराद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा कृति सार्वजनिक गरिएको हो ।

Advertisement

महाकाव्यकार साहित्यकार माधव वियोगी, गीताञ्जली साहित्य परिवारका अध्यक्ष भानुभक्त भण्डारी ‘क्षितीज’, प्राडा कुसुुमाकर न्यौपाने लगायतले कृतिको लोकार्पण गरे । प्राडा न्यौपानेले ‘कोभिड १९’ कोरोना कहरको विषयवस्तु समेटेर रचिएको कविता संग्रहमा विविध पक्षबारे चर्चा रहेको जनाए ।

कार्यक्रममा साहित्यकारहरु छविलाल आचार्य, शिव त्रिपाठी, नरेन्द्र रानाभाट, ढुण्डीराज ज्ञवाली लगायतले रचनावाचन गरेका थिए । कार्यक्रममा नारी प्रतिभा वाङ्मय प्रतिष्ठान पोखराका सचिव लक्ष्मी थापा, गीताञ्जली साहित्य परिवार पोखरा पूर्वअध्यक्ष शिवप्रसाद गौतम, प्रतिभा शर्मा तिमिल्सिना, वसन्त चालिसे, छन्दमणि त्रिपाठी, छन्दिका त्रिपाठी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया