एमाले चुनावबाट भाग्न खोजेको होइन : सचिव खगराज अधिकारी

पोखरा । नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव खगराज अधिकारीले जहिले चुनाव भएपनि एमाले जनमतबाट अनुमोदन भएर पहिलो पार्टी बन्ने दाबी गरेका छन् । उनले आवधिक निर्वाचनमा विश्वास गर्ने एमाले चुनावबाट भाग्न नखोजेको स्पष्ट पारे ।
प्रेस चौतारी नेपाल कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता अधिकारीले वर्तमान सरकारको कारण चुनाव हुन नसक्ने अडान राखे । ‘वर्तमान सरकारले चुनावको तयारी गर्न भन्दा भन्दा अन्तै ध्यान दिएको छ, ’उनले भने, ‘आगामी फागुन २१को प्रतिनिधि सभाको चुनाव हुदैन । चुनाव हुने गरी सरकार गएको छैन ।’ उनले दल मुख्य निर्णायक भएपनि वर्तमान सरकारले दलको सहमति विना आचार संहिता बनाएको आरोप लगाए ।
नेता अधिकारीले मुख्य नेताको पासपोर्ट रद्द गरेर तथा स्थानहद तोकेर प्रचार प्रसारमा जान नदिएर चुनाव हुन नसक्ने अडान राखे । उनले जेन्जीको प्रर्दशनको क्रममा नेपाल प्रहरीको लुटेको हतियार फिर्ता र फरार अपराधीलाई जेल नहालेसम्म चुनावको वातारण बन्न नसक्ने दाबी गरे । प्रहरीका लत्ता कपडा र प्रहरीले प्रयोग गर्ने हात हतियार र गोलाबारी बाहिर भएको उल्लेख गर्दै उनले प्रहरीका तिनै हात हतियार र पोशाकका साथ मतदान केन्द्रमा आएको खण्डमा नेपाल प्रहरी भ्रममा पर्न सक्ने बताए ।
उनले प्रतिनिधि सभाको पुनस्थापना पश्चात सर्वदलीय सरकार बनाएर मात्र चुनावमा जान सकिने प्रस्ताव गरे । प्रतिनिधि सभा जलेको र असंवैधानिक तबरले भंग भएको आरोप लगाउँदै नेता अधिकारीले प्रतिनिधि सभाको विघटनको विघटनलाई असंवैधानिक र अवैधानिको संज्ञा दिए । विगतमा केपी शर्मा ओलीले ससंद सदस्यको दुई/ तिहाईको नेतृत्व गर्दा विकल्प खोज्न भनिएको चर्चा गरे । एमालेले सरकार नेतृत्वको दाबी नगर्ने जानकारी दिँदै उनले सर्वदलीय सरकार बनाएर संविधान संशोधन गरेर चुनावमा जान पर्ने विकल्प पेश गरे ।
उनले प्रतिनिधि सभाको पुनस्थापना मार्फत सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको नवयुवाको मागलाई सम्बोधन गर्न सकिने बताए । उनले संसदको पुनस्थापना गरेर घायल भएको संविधानलाई लिगमा ल्याउन पर्ने उल्लेख गरे । उनले वर्तमान सरकारबाट भएको सबै असंवैधानिक कामलाई वैधानिक बनाउन ससंद पुनस्थापना गरेर संविधान संशोधन गर्नु पर्ने बताए ।
उनले जेन्जी प्रर्दशनको नाममा भएको आगजनी तोडफोड र लुटपाटका घटनाले राजनीतिक अस्थिरता चाहनेलाई फाइदा पुगेको जनाए । उनले नेपालको प्राकृतिक श्रोत र साधन माथिको बक्र दृष्टि राख्ने पक्षबाट बारम्बार आक्रमण भएको आरोप लगाए । एउटै रसायन (केमिकल)को प्रयोग गरेर आगजनी भएको उल्लेख गर्दै उनले सोही रसायनको कारण अहिलेपनि आगो लाग्न सक्ने दाबी गरे । नेपाललाई युद्ध मैदान बनाएर सिक्किम र भुटान बनाउने षडयन्त्र भएको आरोप लगाउँदै उनले राष्ट्र र राष्ट्रियताको रक्षाको लागि कांग्रेस र एमालेले गठबन्धन गरेको स्मरण गराए ।
नेता अधिकारीले ‘निर्णयक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नाराका साथ मुलतः एमाले एकताबद्ध भएको जानकारी दिए । पार्टीको ११ औं महाधिवेशनपछिका पराकम्पनको सामान्य गतिविधिलाई व्यवस्थापन गर्न सकिने उल्लेख गर्दै उनले एमाले सुदृढ भए लोकतन्त्र र राष्ट्र जोगिने दाबी गरे । कार्यक्रममा प्रेस चौतारी नेपाल कास्कीका उपाध्यक्ष गिरीधारी पोखरेल, सचिव अनुप पौडेलले बोलेका थिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया