वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने

पाेखरा ।
वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा ‘स्ववियु खेलकुद सप्ताह–२०८२’ आगामी पौष ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने भएको छ।
क्याम्पसमा यस वर्ष पहिलो पटक रनिङ शिल्ड मोडेलमा खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको स्ववियु कार्यवहाक सभापति प्रदीप सापकाेटाले जानकारी दिए ।
‘स्वास्थ्यको लागि खेल, संरक्षणको लागि जनचेतना’ भन्ने मूल नारासहित सञ्चालन हुने खेलकुद सप्ताहले गर्न लागि निरन्तरको शैक्षिक गतिविधिबाट उत्पन्न मानसिक तनाव कम गर्नुका साथै फिल्ड कार्यका लागि आवश्यक शारीरिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिएको सापकाेटाले जानकारी दिए ।
जबी.एस.सी. प्रथम वर्षदेखि एम.एस.सी. सम्मका सिनियर र जुनियर ब्याचबीच आपसी सम्बन्ध सुदृढ गर्दै एकीकृत क्याम्पस समुदाय निर्माण गर्ने लक्ष्यसमेत कार्यक्रमले बोकेको छ।
खेलकुद सप्ताहअन्तर्गत फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, दौड, टेबल टेनिस (टि.टी.) र चेस लगायतका विभिन्न खेल प्रतियोगिताहरू सञ्चालन गरिनेछन्।
प्रतियोगितामा विद्यार्थीका साथै क्याम्पसका शिक्षक तथा कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहने व्यवस्था मिलाइएको छ। रनिङ शिल्ड प्रणाली अनुसार विभिन्न खेलबाट प्राप्त अंकका आधारमा समग्र उत्कृष्ट टिमलाई विजेता घोषणा गरिनेछ।
कार्यक्रमको समग्र संयोजन खेल संयोजक सुनील सिंह भण्डारी को नेतृत्वमा हुने जनाएको छ। स्ववियु कार्यवाहक अध्यक्ष प्रदीप सापकोटा ले खेलकुद सप्ताहले क्याम्पसमा खेलकुद संस्कृति, सहकार्य र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएकाे छ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया