स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल

समाधान संवाददाता २०८२ पुष ७ गते १५:१४

पोखरा ।

Advertisement

स्याङ्जा आरुचौर एकता समाज पोखराको अध्यक्षमा प्रतापराज पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार पोखरा महानगरपालिका–८ न्युरोडमा भएको समाजको ७ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

समाजको वरिष्ठ उपाध्यक्षमा टिकाराम ढुंगाना, उपाध्यक्षमा कमलप्रसाद लामिछाने, सचिवमा अर्जुन सापकोटा ‘रुद्र’ र कोषाध्यक्षमा सावित्रा सिग्देल चुनिएका छन्। कार्यसमिति सदस्यमा राम प्रसाद पोख्रेल, महेश पौडेल, सन्तोष बगाले, आविस्कार क्षेत्री, गोविन्द खनाल र डिलमाया क्षेत्री सर्वसम्मत चयन भए।

Advertisement

नयाँ कार्यसमिति चयनका लागि अधिवक्ता खगेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। समितिमा खरिलाल पौडेल र गोविन्द प्रसाद सापकोटा सदस्य थिए। निर्वाचन समितिले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गराउन आवश्यक सहजीकरण गरेको समाजले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया