पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’

पोखरा । पोखरा महानगरपालिकाले मुख्य सडक छेउछाउमा सञ्चालित कवाडी संकलन केन्द्र, वर्कसप र कारवास हटाउन निर्देशन दिएको छ। महानगरले सोमबार एक सूचना जारी गर्दै ३५ दिनभित्र यस्ता व्यवसाय अन्यत्र सार्न ‘अल्टिमेटम’ दिएको हो।
महानगरले पृथ्वी राजमार्गको कोत्रेदेखि सेतीपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म र पोखरा–बागलुङ राजमार्गको जिरोकिमीदेखि फेदीसम्मका सडक छेउका व्यवसाय हटाउन भनेको छ। यसैगरी, नगर क्षेत्रका अन्य मुख्य सडकको दायाँबायाँ सटर तथा खाली जमिनमा सञ्चालित ग्रिल उद्योग पनि ३५ दिनभित्र व्यवस्थापन गर्न निर्देशन दिइएको छ।
यी व्यवसायका कारण सवारी आवागमनमा कठिनाइ भएको, सहरी सौन्दर्यमा खलल पुगेको र वातावरणीय स्वच्छतामा प्रतिकूल असर परेको महानगरको ठहर छ।
फुटपाथमा सामान राखे कारबाही
महानगरपालिकाले सडकपेटी (फुटपाथ) अतिक्रमण गरेर सामान नराख्न पनि सचेत गराएको छ। तोकिएका क्षेत्रमा सञ्चालित हार्डवेयर पसल, डिपो तथा अन्य व्यवसायीले सडकपेटीमा निर्माण सामग्री र साइनबोर्ड राख्ने गरेको भन्दै त्यसो नगर्न आग्रह गरिएको छ।
महानगरको अनुरोधलाई अटेर गरी तोकिएका क्षेत्रमा व्यवसाय सञ्चालन गर्ने वा सामग्री राखेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ। महानगरले यो अभियानलाई सफल बनाउन घरधनी, व्यवसायी, नागरिक समाज र स्थानीय प्रशासनलाई सहयोगका लागि आग्रह गरेको छ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया