पोखरा–२१ मा सुन्तला महोत्सव हुने

पोखरा ।
पोखरा–२१, को दोपहरे, हर्राबोटमा आगामी बिहीबार सुन्तला महोत्सव हुने भएको छ । कास्कीको पोखरा महानगरपालिकामा पर्ने ग्रामीण भूभागका किसानलाई ऊर्जा प्रदान गर्ने विभिन्न खालका महोत्सव हुने गरेका छन् ।
‘नेपालको राष्ट्रिय पल सुन्तलाको उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो । पोखरा महानगरपालिकाले पोखरा २१ र २२ लाई सुन्तला पकेट क्षेत्र घोषणा गरी त्यसअनुरुपका कार्यक्रम सञ्चालन गरिरहेको छ । पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीले पोखरामा फल्ने सुन्तलामध्ये आधा यही वडामा उत्पादन हुने उल्लेख गरे ।
वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा वडा कार्यालयले महोत्सव आयोजना गरेको हो । पोखरामा करिब चार हजार टन सुन्तला उत्पादन हुने र त्यसको आधा वडा नम्बर २१ मा फल्ने महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
हर्राबोटको चौरमा हुने महोत्सवमा एक दर्जन जति सुन्तलाका स्टल रहनेछन् । सुन्तला ग्रडिङ गर्ने, सुन्तला खाने लगायतका प्रतियोगिताका साथमा सांस्कृतिक कार्यक्रमसमेत तय गरिएको आयोजकले जनाएको छ । समारोहमा वडामा धेरै सुन्तला उत्पादन गर्ने किसानहरुलाई सम्मानसमेत गरिने कडरियाले बताए ।
सुन्तला महोत्सवमा ग्रेडिङ गरिएका सुन्तला प्रतिकेजी १ सय रुपैयाँमा बिक्री गरिनेछ । महोत्सवमा स्थानीय किसानले उत्पादन गरेका तरकारी, फलफूल, महसमेत बिक्री गरिनेछ । कार्यक्रममा कृषि विज्ञहरुबाट किसानलाई सुन्तला उत्पादनका विविध पक्षबारे जानकारीसमेत दिइने आयोजकले जनाएको छ ।










बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया