हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
समाधान संवाददाता
२०८२ पुष ८ गते १३:०८

पोखरा ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीद्वारा आयोजित १८औँ हिसान स्पोर्ट्स मिटको उपाधि प्रतिभा माविले जितेको छ ।
लगातार पाँच दिनसम्म सञ्चालन भई सोमबार सम्पन्न प्रतियोगितामा प्रतिभा माविले समग्रमा ३४ अंक प्राप्त गरी १८औँ संस्करणको उपाधि हासिल गरेको हो । उपाधिसँगै प्रतिभा माविले रनिङ शिल्ड हात पारेको छ ।
हिसान स्पोर्टस मिटअन्तर्गत प्लस टु ९कक्षा ११–१२० विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीले विभिन्न चार खेलका छुट्टाछुट्टै इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । सोअन्तर्गत छात्रछात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल टेनिसका प्रतिस्पर्धा भएका थिए भने विश्वविद्यालयतर्फ समेत ब्याडमिन्टन, टेबुल टेनिस र बास्केटबलका स्पर्धा सञ्चालन भएका थिए ।
प्रतिभा मावि छात्रा भलिबल, ब्याडमिन्टन र छात्र बास्केटबलमा टिम च्याम्पियन हुँदै २१ अङ्क, छात्र भलिबल र टेबुल टेनिसमा टिम उपविजेता हुँदै १० अङ्क तथा छात्रा भलिबलमा तेस्रो स्थान हुँदै तीन अङ्क प्राप्त गर्दा कूल ३४ अङ्कका साथ उपाधि विजेता बनेको हो ।
हिसान कास्कीअन्तर्गत जिल्लामा आबद्ध ८० शिक्षालयमा ४० हजारभन्दा बढी विद्यार्थी र पाँच हजार बढी शिक्षक तथा कर्मचारी कार्यरत रहेको हिसानका सचिव किरण सापकोटाले जानकारी दिए । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आबद्ध विद्यालयहरूको आबद्धता रहेको उनले बताए ।
सम्बन्धित








जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया