यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ जना ट्याक्सी चालकलाई कारबाही गरिएको छ। विमानस्थलबाट आफ्नो गन्तव्यतर्फ जाने क्रममा ट्याक्सी चालकले यात्रुसँग गरेको व्यवहारको भिडियो सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएपछि नागरिक उड्डयन कार्यालयले उनीहरूलाई १ महिनाको प्रतिबन्ध लगाएको हो।
गत पुस ३ गते भएको उक्त घटनाका सम्बन्धमा पुस ४ गते कार्यालयमा निवेदन पेस भएको थियो। सोही निवेदनका आधारमा विमानस्थलस्थित सुरक्षा गार्ड कार्यालयले गरेको जाँचबुझ र छानबिनबाट दोषी देखिएका ५ जना चालक र उनीहरूका ट्याक्सीलाई पुस ८ गतेदेखि लागू हुने गरी १ महिनासम्म विमानस्थलमा सेवा प्रदान गर्न रोक लगाइएको कार्यालयकी प्रवक्ता यशोदा सुवेदीले जानकारी दिइन्।
विमानस्थल कार्यालयले अब उप्रान्त सेवा प्रदान गर्ने सम्पूर्ण चालकलाई यात्रुसँग नम्र, सभ्य, शालीन र मर्यादित व्यवहार गर्न निर्देशन दिएको छ। निर्देशन पालना नगरेको पाइएमा कानुन अनुसार थप कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
यसैबिच, विमानस्थलले अनलाइन एपमा आधारित सवारी साधनहरू इनड्राइभर र पठाओलाई पनि तोकिएको नियम पालना गरी सेवा दिन बाटो खुला गरेको छ। अबदेखि यस्ता सवारी साधनले तोकिएको स्थानमा यात्रु छोड्न (ड्रप) पाउनेछन् भने नियमानुसारको शुल्क तिरी विमानस्थलको पार्किङ क्षेत्रमा सवारी राखी यात्रु चढाउन (पिक अप) पाउनेछन्।
अनलाइन एपमार्फत सेवा दिने यस्ता सवारी साधनलाई विमानस्थलमा चल्ने ट्याक्सी चालकहरूले कुनै पनि किसिमको अवरोध गर्न नपाउने निर्णय समेत कार्यालयले गरेको छ।
यस्तै, विमानस्थलको पहुँच मार्ग (एक्सेस रोड) को दायाँ-बायाँ सवारी साधन रोक्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले सो क्षेत्रमा आफ्ना आफन्त वा यात्रु पर्खिएर सवारी नरोक्न समेत सबैमा अपिल गरिएको छ। यदि विमानस्थल क्षेत्रभित्र जथाभाबी रूपमा सवारी साधन रोकेको पाइएमा कानुन बमोजिम कारबाही गरिने व्यहोरा विज्ञप्तिमा उल्लेख छ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया