बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख

दमौली (तनहुँ) । तनहुँको सदरमुकाम दमौलीबाट ७ किलोमिटर दूरीमा रहेको बेनीकोटका अगुवा किसान दलबहादुर थापाले बाँझो भिरालो जग्गामा सुन्तला खेती गरी मनग्ये आम्दानी गरेका छन्। उनले यस वर्ष सुन्तला बिक्रीबाट १६ लाख रुपैयाँ कमाएका हुन्।
अघिल्लो वर्ष १३ लाख रुपैयाँको सुन्तला बिक्री गरेका थापाले यस वर्ष ३ लाख रुपैयाँ बढी आम्दानी लिन सफल भए।
‘भिरालो जग्गामा अन्य खेतीभन्दा सुन्तला उपयुक्त हुन्छ भनेपछि यसलाई नै निरन्तरता दिइरहेका छौँ,’ थापाले भने, ‘बाबुबाजेले पनि सुन्तला खेती गर्नुभयो। म पनि विगत २० वर्षदेखि त्यसकै निरन्तरतामा छु।’
भिरालो जमिन भएकाले अन्य खेती गर्न समस्या हुने भएपछि यहाँका किसान सुन्तला खेतीतर्फ आकर्षित भएको उनले बताए। ‘मकै, कोदो खेती गर्न त मिल्छ, तर सुन्तला लगाउन उपयुक्त रहेकाले सबैजना सुन्तला खेतीमै आबद्ध हुनुहुन्छ,’ उनले भने।
थापाले बेनीकोटमा विगत केही वर्षदेखि सुन्तलाका बोट मर्ने समस्या रहेको गुनासो गरे। यहाँ उत्पादित सुन्तला काठमाडौंको कालीमाटीमा बिक्री हुन्छ। बजारीकरणको समस्या नरहेको बताउँदै उनले भने, ‘प्रतिकेजी सुन्तला १०० रुपैयाँसम्म बिक्री हुने गरेको छ। विगतका वर्षमा ९५ रुपैयाँसम्म बेच्थ्यौं, यो वर्ष मूल्य केही बढी पाएका छौँ।’
बेनीकोटका १०० भन्दा बढी किसान व्यावसायिक सुन्तला खेतीमा आबद्ध छन्। यहाँका किसानले कम्तीमा २० देखि ८०० बोटसम्म सुन्तला लगाएका छन् भने वार्षिक २० हजारदेखि १६ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।रासस









‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया