तमु सांस्कृतिक प्रतिष्ठानको पुनर्मिलन

समाधान संवाददाता २०८२ पुष १० गते १२:१८

पोखरा ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालको रजत जयन्तीको अवसरमा पुनर्मिलन कार्यक्रम गरेको छ । विगतमा जापानमा बस्दै आएको गुरुङ समुदायका व्यक्तित्वहरुले शैक्षिक तथा सामाजिक सेवामा काम गर्नको लागि २०५८ सालमा खोलेको प्रतिष्ठानले संस्थाका संस्थापक, आजीवन सदस्य, सल्लाहकार, अक्षयकोषदाता एवं शुभचिन्तकहरुबीच पुनर्मिलन कार्यक्रम गरेको हो ।

Advertisement


कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारले नृत्य प्रस्तुत गरे । कलाकारहरु राजबहादुर गुरुङ, संगीता गुरुङ, डविन गुरुङ र प्रकाश रानाले गीत गाए । संस्थाका पूर्व अध्यक्ष चिजकाजी गुरुङ र सदस्य मणिलाल गुरुङले स्थापना कालदेखि २५ वर्षसम्म भएका गतिविधि समेटेर तयार पारेको डकुमेन्ट्रीसमेत प्रस्तुत गरिएको संस्थाका सचिव कञ्चन गुरुङले जानकारी दिइन् ।


कार्यक्रममा तमु धीं जापानका संस्थापक अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार जीवन गुरुङ/परनिता गुरुङले १ लाख २५ हजारको अक्षयकोष स्थापना गरेका छन् । समारोहमा स्याङ्जा दरौं सिरुबारी भई हाल युके निवासी सीता गुरुङले १० हजार १ सय ५, संस्थाका पूर्व कोषाध्यक्ष भीमकाजी गुरुङ र उनकी श्रीमती विष्णु गुरुङले संस्थालाई २० हजार १ सय आर्थिक सहयोग गरेका छन् ।

Advertisement


कार्यक्रममा संस्थाका अध्यक्ष श्रीजङ गुरुङ, प्रथम उपाध्यक्ष भेषबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष ओम गुरुङ, सहसचिव लोकबहादुर गुरुङ बोलेका थिए । प्रतिष्ठानले ग्रामीण तथा विपन्न वर्गका गुरुङ विद्यार्थीको शैक्षिक उन्नतिमा सहयोग पु¥याउने उद्देश्यका साथ २०६६ सालदेखि हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ ।


‘उच्च शिक्षा, हाम्रो लक्ष्य’ भन्ने नारासहित काम गर्दै आएको प्रतिष्ठानले १३ संस्थागत र १ सय ७ व्यक्तिगत गरी १ सय १९ शीर्षकमा स्थापना गरेको अक्षयकोषबाट आउने ब्याजबाट छात्रवृत्ति प्रदान गर्दै आएको अध्यक्ष गुरुङले जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया