पोखरा महोत्सव तयारी

समाधान संवाददाता २०८२ पुष १० गते १२:२६

पोखरा ।
१४ औं पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुस २९ देखि माघको ११ गतेसम्म पोखराको अमरसिंह खेल मैदानमा हुने महोत्सवको तयारी तीव्र पारिएको हो ।

Advertisement


मंगलबार महोत्सवका लागि गठित उपसमिति र सल्लाहकारहरूको बैठक भएको छ । बैठकमा सल्लाहकार डा कृष्ण केसीले समय, परिस्थिति अनुसार महोत्सव सञ्चालन गर्नुपर्ने बताए । क्लबले गरेको सामाजिक कामको उपलब्धिलाई प्रस्टयाउने गरी महोत्सवमा देखाउन आवश्यक रहेको बताउँदै केसीले विभिन्न सरकारी नियकासँग सहकार्य गरेर सेतीनदी संरक्षणका लागि समेत काम गर्नुपर्नेमा जोड दिए ।


अमरसिंह माविका निमित्त प्रध्यानाध्यापक सुदीप आचार्र्यले महोत्सवमा विद्यार्थी आकर्षणका लागि विद्यार्थीले निर्माण गरेका सामग्री प्रदर्शनलाई समेत समेट्नुपर्ने सुझाव दिए । अर्का सल्लाहकार टीकाबहादुर कार्कीले महोत्सव स्थल सधैं रहन नसक्ने भएकाले विकल्प खोज्नुपर्ने औंल्याए ।

Advertisement


शंकरनाथ पौडेलले लेखनाथभन्दा उत्कृष्ट महोत्सव पोखरा महोत्सव भएको बताए । उनले महोत्सवमा लेखनाथ क्षेत्रमा रहेको चिडियाखाना झल्काउने गरी प्रदर्शनीको कार्यक्रमसँगै क्लबले अहिलेसम्म शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा गरेका कामलाई उजागर गर्न आवश्यक रहेको बताए ।


रामबहादुर पौडेलले वातावरण मैत्री ढंगले महोत्सव सञ्चालन गर्न आवश्यक रहेको बताए । माधव गौतमले पोखरा महोत्सवमा ३३ वटै वडाबाट समावेश गर्न सके पोखरा महोत्सवको अपनत्व बढ्ने बताए । बलराम ढुंगानाले पोखरा महोत्सव सम्पन्न गर्नु सवैको दायित्व भएको सुनाए ।

Advertisement


इन्दिरा पन्तले पोखरा पर्यटकीय राजधनीसँगै साहित्यको राजधानी भएकाले महोत्सवमा साहित्यको कार्यक्रमलाई जोड्नसके महोत्सवमा रौनकता थपिने विचार राखिन् । राजेन्द्रराज बस्ताकोटीले पोखरेलीपन झल्कने खालका कार्यक्रम ल्याउन सुझाव दिए ।


सन्तोष सिग्देलले आकर्षक कलाकार ल्याउन सके महोत्सवमा दर्शकको समेत आकर्षण बढ्ने बताए । लीलाधर अधिकारीले पार्किङको समस्या समाधान गर्न आवश्यक रहेको बताए ।


बैठकमा सुवेदार जसबहादुर गुरुङ, राजेन्द्रबहादुर कार्की, गोविन्द घिमिरे, पवित्रादेवी गुरुङ, क्लबका महासचिव दिनेश सुनार, वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, सल्लाहकारहरु रामजीप्रसाद बास्तोला, गुप्तबहादुर कार्की लगायतले बोलेका थिए ।


महोत्सवका मुल समारोह संयोजक लोकबहादुर थापाले महोत्सवलाई भव्य बनाउन सबैको सहयोग रहने अपेक्षा सुनाए । संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवकै कारण पोखरा खुला चिडियाखाना बनेको जनाउँदै अब आवासीय छात्राबास बनाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया