पोखरा लिंकन कलेजमा बधाई

समाधान संवाददाता २०८२ पुष १० गते १३:०८

पोखरा ।
हिसान कास्कीद्वारा आयोजित १८ औं हिसान कास्की स्पोर्टस मिट २०८२ मा युनिभर्सिटी लेभलतर्फ भएका विभिन्न खेलमध्ये पोखरा लिंकन इन्टरनेसनल कलेज, सिमलचौर ८ को तर्फबाट सहभागी प्रतिष्पर्धी खेलाडीले बास्केटबल छात्रातर्फ प्रथम, छात्रतर्फ तृतीय स्थान हाँसिल गरेका थिए ।

Advertisement


बास्केटबलमा छात्रा तर्फबाट मोस्ट भ्यालुएबल खेलाडी छात्रा सिम्रन गुरुङ घोषित भएकी थिइन् भने सर्वाधिक गोलकर्ताको उपाधि निवृत्ति शर्माले पाएकी थिइन् । ब्याडमिन्टनमा छात्र एकलतर्फ प्रथम रिजन सूर्यवंशी तथा द्वितीय हेप्पी गुरुङ बनेका थिए । छात्रतर्फ डबल्समा द्वितीय, छात्रातर्फ डबल्स द्वितीय, टेबलटेनिस सिंगलतर्फ छात्र संसार गुरुङ तृतीय एवं डबलतर्फ द्वितीय स्थान पनि पोखरा लिंकनलाई नै प्राप्त भयो ।


स्पोर्टस मिटमा खेलका अनेक विधामा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने एमभिपी एवं सर्वाधिक गोलकर्तालाई कलेजका संस्थापक एवं प्राचार्य शेरबहादुर गुरुङ र पम्फा गुरुङले एक कार्यक्रमबिच बधाई ज्ञापन गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया