विधान संशोधनका लागि कार्यशाला

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिले प्रस्तावित विधान मस्यौदा २०८२ का लागि सुझाव संकलन गर्न गण्डकी प्रदेश स्तरको कार्यशाला गरेको छ । गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्ला शाखालाई समावेश गरी भएको कार्यशाला प्रस्तावित विधानउपर दफाबार छलफल भएको रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष हरिप्रसाद बरालले जानकारी दिए ।
रेडक्रस सोसाइटीको प्रस्तावित विधान मस्यौदामा जिल्ला शाखालाई समन्वय समितिमा रुपान्तरण गर्ने प्रस्ताव गरिएको छ । संघीय संरचना अनुसार रेडक्रसको स्थानीय तहसम्म शाखा विस्तार गर्न लागिएको छ ।
प्रस्तावित विधानमा जिल्ला शाखालाई समन्वय समिति बनाउने र पालिका स्तरमा रेडक्रसलाई विस्तार गर्ने व्यवस्था गरिएको भए पनि निर्णय नभएको रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले जानकारी दिए । उनले आगामी पुस २५ गते रेडक्रस केन्द्रले विधान सभा गर्न लागेको बताए ।
उपाध्यक्ष बरालले तदर्थ समितिले रेडकसको वर्तमान अस्थिर अवस्थालाई लयमा फर्काउन वर्तमान रेडक्रस सोसाइटीको विधान बनाउने र सोही विधानका आधारमा नयाँ केन्द्रीय समितिको निर्वाचन गर्ने म्यान्डेट पाएको बताए । ‘छैटौं पटक बनेको तदर्थ समितिले विधानको बारेमा प्रदेश स्तरमा छलफल गरेर राय सुझाव संकलन गरेको छ,’ उनले भने, ‘समितिले विधान मस्यौदा तयार गरी विधान अधिवेशनबाट पारित गर्ने योजना छ ।’
उनले पारित विधान अनुसारको निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरी तदर्थ समिति बाहिर आउन आतुर रहेको जानकारी दिए । उनले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी), नेपाल सरकार र सरोकारवालाहरुको सहभागितामा र सबैको अपनत्व हुने गरी नयाँ विधान ल्याउन तदर्थ समिति लागि परेको बताए ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका सदस्य तथा विधान मस्यौदा समितिका संयोजक डा गंगाधर अधिकारीले नेपालको संघीय संरचना अनुसार रेडक्रस सोसाइटीलाई रुपान्तरण गर्न लागेको जानकारी दिए । उनले प्रस्तावित विधानले रेडकसका वर्तमान सबै समस्याको समाधान गरी रेडकसलाई संघीय ढाँचामा परिवर्तन गरी अहिलेसम्मका सबै समस्याको समाधान गर्न सफल हुने विश्वास व्यक्त गरे ।
नेपाल रेडक्रस गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलले गण्डकी प्रदेश अन्तर्गतका जिल्ला शाखाका सभापति, उपसभापति, मन्त्री तथा प्रतिनिधिको सहभागिता रहेको कार्यशालाले प्रस्तावित विधानमाथि समूहगत रुपमा छलफल गरी रेडक्रसलाई वर्तमान समय सापेक्ष बनाउन आवश्यक सुझावसहित केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको बताए ।
कार्यशालामा रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष ढकाल, रेडक्रस सोसाइटीका पूर्व उपमहासचिव दीपेन्द्रराज ढकाल, कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारी, स्याङ्जा जिल्ला सभापति दिनेश अर्याल, तनहुँ जिल्ला सभापति प्राडा कृष्णप्रसाद गौतम लगायतले आवश्यक सुझावसहित मन्तव्य राखेका थिए । सो विधान मस्यौदा सुझाव संकलन कार्यशालामा रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका निर्देशक दीव्यराज पौडेल तथा सकुन जोशीले सहजीकरण गरेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया