कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड

पोखरा ।
जिल्ला कफी उत्पादक संघ कास्कीको १८ औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले वडा सेवा केन्द्रले कृषि क्षेत्रलाई विशेष महत्व दिएर बजेट विनियोजन गरेको बताए।
वडाध्यक्ष कँडेलले कृषि कार्यक्रमलाई प्राथमिकता दिएर किसानको जीवनस्तर सुधार्न प्रयास गरिरहेको उल्लेख गरे। कफी उत्पादनमा कुनै समस्या भए वडा कार्यालयमा प्रस्तावना पेस गर्न आग्रह गर्दै उनले सबै मिलेर अगाडि बढेमा रोजगारीका लागि विदेशिने युवा वर्गलाई गाउँमै रोक्न सकिने तर्क गरे।
वडा सदस्य देवेन्द्रराज अधिकारीले किसानको हितका लागि पञ्चवर्षीय योजना ल्याउन लागिएको जानकारी दिँदै संघलाई मजबुत बनाउन वडा सधैं साथमा रहने प्रतिबद्धता जनाए। जिल्ला कफी सहकारी संघका अध्यक्ष आनन्द सुवेदीले सहकारी र कफी उत्पादक संघको उद्देश्य फरक रहेको प्रस्ट्याए। उनले उत्पादक संघले कफी उत्पादन गर्ने र त्यसको बजारीकरणको जिम्मा सहकारीले लिने जानकारी दिए।
कफी उत्पादनमा समुदायको चासो कम भएको प्रति चिन्ता व्यक्त गर्दै सुवेदीले यस क्षेत्रमा सकारात्मक सोचका साथ लागेमा कफी उत्पादन र क्षेत्रको विकास सम्भव रहेको विचार राखे। संघका अध्यक्ष तारामणि घिमिरेले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न कार्यक्रम र आगामी दिनमा सञ्चालन गरिने योजनाबारे प्रकाश पारे। उनले पोखरा महानगरपालिकाको आर्थिक सहयोग, जिल्ला कफी सहकारी संघ र जिल्ला कफी उत्पादक संघको जनसहभागितामा कार्यालय भवन मर्मत सम्भार गरिएको जानकारी दिए। अहिले एउटै भवनबाट दुवै संघको कार्यालय सञ्चालन हुने व्यवस्था मिलाइएको र दुई संस्थाबिचको सम्बन्ध मजबुत बनाइएको उनले बताए।
संस्थापक अध्यक्ष सूर्यप्रसाद अधिकारीले प्रविधिको विकाससँगै तल्लो तहका किसानलाई आधुनिक प्रविधिको तालिम दिनुपर्ने सुझाव दिए। स्थानीय सरकार र किसानको सामूहिक प्रयासले मात्र कफी उत्पादन बढाउन सकिने उनको भनाइ थियो।
कार्यक्रममा समाजसेवी गोकर्ण तिवारी, कफी उत्पादक कलाधर पौडेल, आयआर्जन कफी उत्पादक संघका अध्यक्ष चित्रप्रसाद लामिछाने, संघकी उपाध्यक्ष कमलादेवी लामिछाने, लेखा संयोजक हरिप्रसाद भुगाई र सचिव हरिराज घिमिरेले आ-आफ्ना धारणा राखेका थिए।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया