महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीस्थित महाकालेश्वर मार्ग टोल विकास संस्थाको १० औं अधिवेशन बिहीबार सम्पन्न भएको छ। अधिवेशनले हेमराज चालिसेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा निर्मला सुवेदी, सचिवमा रुद्रनारायण सापकोटा र कोषाध्यक्षमा रवीन्द्र नाथ बाँस्तोला ‘हरि’ रहेका छन्। यस्तै सदस्यहरूमा सोमनाथ आचार्य, महेश्वर बाँस्तोला, दीपक अधिकारी, शिवराज पौडेल, विश्रान्त बाँस्तोला, मानकुमारी पुन र रस्मिता पौडेल अधिकारी चुनिएका छन्।
वडा नम्बर ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले सचिव भक्त शेरचनको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रवीन्द्र नाथ बाँस्तोलाको आर्थिक प्रतिवेदन पारित गरेको छ। कार्यक्रममा वडाध्यक्ष कर्माचार्यले टोलको विकासका लागि वडाले सधैं सहयोग गर्ने बताए।
अध्यक्ष हेमराज चालिसेको अध्यक्षतामा भएको सभामा सल्लाहकारहरू रवीन्द्र बाँस्तोला, चन्द्रकान्त रेग्मी, फणीन्द्र लामिछाने तथा पदाधिकारीहरू निर्मला सुवेदी र रुद्रनारायण सापकोटा लगायतले टोलको भौतिक तथा सामाजिक विकासका बारेमा आ-आफ्ना धारणा राखेका थिए।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया