तमु फोटो प्रतियोगितामा राम गुरुङ प्रथम

पोखरा ।
तमू ल्होसारको अवसरमा आयोजना गरिएको तमू फोटो प्रतियोगितामा पोखराका फोटो पत्रकार राम गुरुङ प्रथम भएका छन् ।
अन्तर्राष्ट्रिय तमू परिषद्को आयोजना र तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालको सहआयोजनामा बिहीबार काठमाडौंमा भएको प्रतियोगितामा गुरुङको फोटो प्रथम भएको हो । ‘गुरुङहरुको पवित्र तीर्थस्थल दुधपोखरी स्नानका लागि परम्परागत पोशाकमा तीर्थ भर्न जाँदै गुरुङ्सेनीहरु’ शीर्षकको फोटो प्रथम भएको हो ।
प्रतियोगितामा पोखराकै फोटो पत्रकार समाधानकर्मी युनिश गुरुङको फोटो द्वितीय भएको छ । ‘गुरुङहरुको आदिम थलो क्होलासोथर र पुख्र्यौली पेशा भेडापालन’ शीर्षकको फोटो दोस्रो स्थानमा आएको हो । पत्रकार आश गुरुङ तृतिय तथा नबिनबाबु गुरुङ र सुजन गुरुङ सान्त्वना भएका छन् । उनीहरुलाई पुस १४ गते काठमाडौं टुँडिखेलमा आयोजना गरिने ल्होसार कार्यक्रममा पुरस्कृत गरिनेछ ।
प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १२ हजार, तेस्रोलाई १० हजार र सान्त्वना २ जनालाई ३/३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङले जानकारी दिए ।
प्रतियोगिताको लागि गत पुस मंसिर २२ गते आह्वान गरेको थियो । पुस ३ गते भित्र प्राप्त १६८ तस्बिरबाट २५ तस्बिर छनौट गरि बिहीबार प्रदर्शन गरिएको थियो । प्रतियोगितामा तमु (गुरुङ) पत्रकारले खिँचेको तस्बिर मात्र समावेश गरिएको थियो । आगामी वर्षमा सबै फोटो पत्रकारले खिँचेका तस्बिर समावेश गरिने आयोजकले जानकारी दिएको छ ।










कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया