महाकालेश्वर मार्ग टोल विकासमामा चालिसे

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीस्थित महाकालेश्वर मार्ग टोल विकास संस्थाको १० औं अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिवेशनले हेमराज चालिसेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा निर्मला सुवेदी, सचिवमा रुद्रनारायण सापकोटा र कोषाध्यक्षमा रवीन्द्र नाथ बाँस्तोला ‘हरि’ रहेका छन् । यस्तै सदस्यहरूमा सोमनाथ आचार्य, महेश्वर बाँस्तोला, दीपक अधिकारी, शिवराज पौडेल, विश्रान्त बाँस्तोला, मान कुमारी पुन र रस्मिता पौडेल अधिकारी चुनिएका छन् ।
वडा नम्बर ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले सचिव भक्त शेरचनको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रवीन्द्रनाथ बास्तोलाको आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा वडाध्यक्ष कर्माचार्यले टोलको विकासका लागि वडाले सधैं सहयोग गर्ने बताए ।
अध्यक्ष हेमराज चालिसेको अध्यक्षतामा भएको सभामा सल्लाहकारहरू रवीन्द्र बास्तोला, चन्द्रकान्त रेग्मी, फणीन्द्र लामिछाने तथा पदाधिकारीहरू निर्मला सुवेदी र रुद्रनारायण सापकोटा लगायतले टोलको भौतिक तथा सामाजिक विकासका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।









कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया