चिप्लेढुंगामा केएफसी सञ्चालन

पोखरा ।
विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखरा चिप्लेढुंगामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २३ औं आउटलेट चिप्लेढुंगामा रहेको सेलवेजमा बिहीबार सुरुआत गरिएको हो ।
सेलवेज क्यास एन्ड क्यारी प्रालिका अध्यक्ष कृष्णदेव प्रधानांग र पोखरा वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गरे । योसँगै पोखरामा केएफसीको दोस्रो आउट लेट खुलेको छ । नयाँ आउट लेट चिकेनप्रेमीका लागि आकर्षक गन्तव्य बन्ने कम्पनीको विश्वास छ ।
‘विश्वमा उत्कृष्ट चिकेन’को पहिचान बनाएको केएफसी ग्राहकलाई हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, जिन्जर बर्गर र केएफसी बकेटजस्ता स्वादिष्ट परिकार पस्किदै आएको छ । पोखराको चिप्लेढुंगा शाखामा १४ जनाले रोजगारी पाएका छन् भने देशभर ४ सयभन्दा बढीले रोजगारी पाएको देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत ऋतुराज शाहले जानकारी दिए ।
शुक्रबार विशेष छुटको व्यवस्था गरिएको छ । दैनिक बिहान ९ देखि राति ९ बजेसम्म यो आउटलेट सञ्चालन हुनेछ । देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत शाहले सातदोबाटोमा खुलेको यो आउटलेट सेल्सबेरीसँगको सहकार्यमा खुलेको पहिलो भएको बताए ।
सन् २००९ मा नेपाल प्रवेश गरेको कम्पनीले पोखराको लेकसाइडमा सन् २०१७ मा आउटलेट खोलेको थियो । कम्पनीले नेपालमा २०२५ डिसेम्बरसम्म देशभरी २५ आउटलेट पुर्याउने लक्ष्य लिएको छ । नयाँ शाखा सञ्चानलसँगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा केएफसी सेलिब्रेसन अफर ल्याएको उनले बताए ।









पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया