सामुदायिक सेवा केन्द्रलाई सहयोग

पोखरा । जेनजी आन्दोलनको क्रममा फेवाताल किनार बैदाममा रहेको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको भवन र कार्यालयका अन्य भौतिक सामग्री नष्ट भएपछि फेवाताल संरक्षण पहलले कार्यालयलाई चाहिने आवश्यक सामग्री बुधबार हस्तान्तरण गरेको छ ।
समुदायमा रहेका विकृत, विसंगति नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको भवन र भौतिक सामग्री जेन्जी आन्दोलनका क्रममा आगजनीबाट नष्ट भएपछि बैदामका आमा समूहहरु र विभिन्न संघ, संस्था र व्यक्तिगत रुपमा पनि सहयोग गरेर भवन पुन निर्माण भएको थियो ।
बुधबार फेवाताल संरक्षण पहलले कार्यालयलाई चाहिने आवश्यक कुर्सी, टेबल, ल्यापटप लगायतका १ लाख बराबरका सामग्री हस्तात्तरण गरेको फेवाताल संरक्षण पहलका अध्यक्ष धर्मराज पहारीले बताए । फेवाताल संरक्षण पहलका अस्ट्रेलिया र नेपालमा रहेका सदस्य तथा शुभचिन्तकको आर्थिक सहयोगमा सामुदायिक सेवा केन्द्रको कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण गरेको हो ।
यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीलाई पनि आर्थिक सहयोग गरेको पहलका अस्ट्रेलियाका संयोजक तथा संस्थापक शंकर कोइरालाले बताए । फेवाताल संरक्षण पहल फेवातालको संरक्षण गर्ने उद्देश्यले अस्ट्रेलियामा बस्ने पोखरेलीको पहलमा स्थापना भएको हो । पहलले फेवातालको सरसफाइमा विभिन्न कार्य गर्दै आएको छ ।
बेलायतबाट पनि सामुदायिक सेवा केन्द्रको कार्यालयका लागि चाहिने आवश्यक सामग्रीका लागि सहयोग प्राप्त भएको फेवाताल संरक्षण पहल बेलायतका संयोजक जोनी पहारीले बताए ।
अप्ठ्यारो समयमा फेवाताल संरक्षण पहलले कार्यालयलाई चाहिने आवश्यक सामग्री सहयोग गरेर समामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामलाई सामाजिक सेवामालाग्न थप प्रेरणा मिलेको समामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुरप्रसाद बरालले बताए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया