८ औं बागलुङ महोत्सव सुरु: १० करोडको कारोबार हुने अपेक्षा

समाधान संवाददाता २०८२ पुष ११ गते १८:२७

गलकोट (बागलुङ) । ८ औं बागलुङ महोत्सव आजदेखि सुरु भएको छ। बागलुङ नगरपालिका १ रामरेखास्थित बांगेचौर खेल मैदानमा झाँकी तथा बाजागाजासहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सव उद्घाटन गरे।

Advertisement

‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्ध बागलुङ निर्माणको आधार’ भन्ने नाराका साथ गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बताए।

पर्यटन प्रवर्धन र जिल्लाको विकासमा महोत्सवले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। महोत्सवमा करिब १० लाखले अवलोकन गर्ने र १० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ। महोत्सव आगामी २१ पुससम्म सञ्चालन हुनेछ।

Advertisement

तपाईको प्रतिक्रिया