माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु

पोखरा ।
पोखरामा २२ औं संस्करणकको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले एक समारोहबिच टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरे ।
केसीले पोखराले टेनिस खेलमा पाएको सफलता अन्य खेल संघका लागि पनि अनुकरणीय रहेको बताए । पोखरेलीको एकता र साझा प्रयासबाट पोखरा रंगशालाभित्र भौतिक विकासमा महत्पूर्ण सफलता पाएको उनको भनाइ छ । प्रतियोगिताको निरन्तरताका लागि आगामी वर्षहरुमा पनि बैंकले साथ दिने प्रतिवद्धता जनाए ।
उद्घाटन समारोहमा आयोजक संघका प्रथम उपाध्यक्षसमेत रहेका प्रतियोगिता संयोजक नवीन चालिसेले प्रतियोगिताबारे प्रकाश पारे । प्रतियोगिताको उद्घाटनका दिन मेन्स सिंगलतर्फ करनबहादुर थापाले शास्वत बज्राचार्यलाई, सन्दीप विकले प्रफुल्ल श्रेष्ठलाई, जेयुन किमले पेमा नोर्बुलाई, प्रितम परियारले उमिद शेर्पालाई, सुरेन्द्र विकले अन्जोअ थिङलाई, बिवेक मगरले देव आशीषलाई पराजित गरे ।
आशव सम्राट हाडाले सुमन थारुलाई, दर्शिल श्रेष्ठले निश्चल कायस्थलाई, उगेन शेर्पाले मनोज महर्जनलाई, प्रकाश गुरुङले सुमन त्रिपाठीलाई, सोमज श्रेष्ठले पासाङ शेर्पालाई पराजित गरे । ४५ वर्ष माथिएको मेन्स सिंगलमा शरण गुरुङले बलराम सापकोटालाई, निरज थापाले नारायण पहारीलाई, भिष्मराज पौडेलले सुनील श्रेष्ठलाई, सेजार गुरुङले विकास गुरुङलाई पराजित गरे । ४५ वर्ष माथिको डबल्समा गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडीले केवी तामाङ र विरेन लामाको जोडीलाई पराजित गरे ।
५५ वर्ष माथिको एकलमा जितेन्द्र प्रधानले हेमचन्द्र गुरुङलाई, करिमुल्ला मुस्लिमले नवाङ लामालाई, जितेन्द्र खड्काले सुरेन्द्र माकाजुलाई पराजित गरे । ५५ वर्ष माथिकै डबल्सतर्फ अनु जोन र मनु त्रिपाठीको जोडीले प्रकास बस्नेत र मनोज नेपालको जोडीलाई तथा देव क्षेत्री र हिमाल शाहको जोडीले यज्ञबहादुर भण्डारी र अमृत गुरुङको जोडीमाथि जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
कार्यक्रममा संघका महासचिव भिष्मराज पौडेल र संघ कास्की अध्यक्ष राजकुमार गुरुङले पनि बोलेका थिए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया