पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक

समाधान संवाददाता २०८२ पुष ११ गते १९:४३

पोखरा
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक परेको छ । उनकी आमा हुमाकुमारी पोखरेलको हृदयघातका कारण निधन भएको हो । उनी ७५ वर्षकी थिइन् ।

Advertisement

बिहीबार हृदयघात भएपछि उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदापुर्‍याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बिहीबार साँझ ५ बजे एक्कासि सास फेर्न अप्ठेरो महसुस गरेपछि उनलाई अस्पताल लगिएको थियो । पोखरा २१ कृस्ती मट्टिखान निवासी स्वर्गीय पोखरेलका २ छोरा र २ छोरी छन् । उनका श्रीमान्को भने २०६१ सालमै निधन भएको थियो ।


स्वर्गीय पोखरेलको पार्थिव शरीरलाई शुक्रबार बिहान पोखराको रामघाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । पोखरेलको निधनप्रति पोखराका उद्योगी, व्यवसायी, आफन्त तथा शुभचिन्तकहरूले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया