पोखरा बहुमुखी क्याम्पस अध्यक्षमा शंकर गुरुङ

समाधान संवाददाता २०८२ पुष १२ गते १७:१९

पोखरा । पोखरा बहुमुखी क्याम्पसको शनिबार भएकाे ३९ औं साधारण सभा तथा आठौं अधिवेशनले शंकर गुरुङको अध्यक्षतामा क्याम्पस संञ्चालक समितीको नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement

अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । क्याम्पसका दुइसय भन्दा बढी सिनेट सदस्यहरुको उपस्तिथितीमा नयाँ कार्य समिति निर्वाचित भएको हो ।

समितीको सदस्यमा समीर गुरुङ, हस्तबहादुर थापा, कुमारी मुना वास्तोला, उमाकुमारी ठकुरी, नवीन नापित, भिम गौतम र देव कुमारी हिराचन निर्वाचित भए ।

Advertisement

निवर्तमान अध्यक्ष नरेन्द्रमान लालचनले शैक्षिक संस्थामा नितान्त सेवाको भावले नेतृत्व लिनुपर्ने भन्दै क्याम्पसको कार्यभारबाट आफुले पाएको ब्यक्तिगत र सामाजिक उपलब्धिको बारेमा चर्चा गरे । उनले क्याम्पसको प्रगतीका लागि जीवन पर्यन्त लागि पर्ने प्रतिवद्दता ब्यक्त गरे।

क्याम्पसका सल्लाहकार शंकर देवकोटाले शैक्षिक संस्थाहरुलाई कुनै ब्यक्तिगत, समाजिक र राजनितिक पुर्वाग्रह रहित बनाउन सबै लाग्नुपर्ने बताए । क्याम्पस संचालक समितिका निवर्तमान उपाध्यक्ष बद्री श्रेष्ठ, क्याम्पसका आजिवन सदस्यहरु योगेन्द्र प्रधान, बिश्व मोहन गौचन, देवकुमारी हिराचन, रबिन्द्र माकाजु, वडा न ९ का सदस्य गीता चर्माकार, क्याम्पस प्रमुख शिशुकला पराजुली लगायतले बोलेका थिए ।

Advertisement


अधिवेशन सम्पन्न गर्नका लागि अधिवक्ता प्रकाश चन्द्र त्रिपाठी को संयोजकत्वमा लक्ष्मी अधिकारी र कृष्ण प्रसाद कोइराला सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिती रहेको थियो ।

तपाईको प्रतिक्रिया