श्रमिक सहकारीको पुँजी सवा २ करोड

समाधान संवाददाता २०८२ पुष १३ गते १२:०४

पोखरा ।
श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पोखरा ९ पृथ्वीचोकको आर्थिक वर्ष २०८१/०८२मा सेयर पुंजी घटेर २ करोड २६ लाख ८० हजार कायम भएको छ । सहकारीको गत आर्थिक वर्षको सेयर पुंजी २ करोड ३० लाख ८० हजार रहेको थियो । सहकारीका अध्यक्ष वद्रीनाथ पराजुलीले आर्थिक वर्ष २०८१/०८२मा सहकारीको निक्षप ५ करोड ९८ लाख ७२ हजार १ सय ३२ रुपैयाँ पुगेको जानकारी दिए ।

Advertisement


सहकारीको शनिबार भएको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष पराजुलीले गत आर्थिक वर्षमा सहकारीको निक्षेप ५ करोड ४१ लाख ४३ हजार २ सय ७३ रुपैयाँ रहेको बताए । सहकारीका कोषाध्यक्ष रुद्रबहादुर खत्रीले यस आर्थिक वर्षमा ५ करोड ५७ लाख ९० हजार ५ सय ८४ रुपैयाँ कर्जा लगानी गरेको बताए ।

सहकारीले गत वर्ष ६ करोड ३७ लाख ५८ हजार ९ सय २१ रुपयाँ कर्जा लगानी गरेको थियो । कुल बैंक मौज्दात ३ करोड ६० लाख ७२ हजार १ सय ८६ रुपैयाँ रहेको सहकारीको जगेडा कोष ३६ लाख ३३ हजार ३ सय ६३ रुपैयाँ रहेको छ ।

Advertisement


अधिवेशनले अध्यक्ष बद्रनाथ पराजुलीको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्ष प्रेमबहादुर कार्की, सचिव रुद्रबहादुर खत्री र कोषाध्यक्ष कर्णसिं गुरुङ छन् । सहकारीको सञ्चालक समितिको सदस्यमा विष्णुबहादुर पराजुली, सीता बास्तोला, ममता गौतम, कमलप्रसाद पौडेल र डिल्लीराम अधिकारी निर्वाचित भएको सचिव खत्रीले जानकारी दिए । सहकारीको लेखा सुपरीवेक्षण समितिको संयोजक वृहस्पती पराजुली र सदस्यमा बलराम गिरी, बुद्धिसागर खनाल छन् ।


कार्यक्रमको उद्घाटन समारोहमा संविधान सभाका सदस्य चुडामणि जंगलीले १ सय ९० वर्ष अगाडि बेलायतका श्रमिकले दैनिक पारिश्रमिकले गुजरा नचलेपछि सहकारीको सुरुवात गरेको जानकारी दिए । ‘सहकारीले सेयर सदस्यलाई आत्म निर्भर र स्वावलम्बन बन्न सिकाउँछ,’उनले भने, ‘सहकारीहरुको उत्पादन क्षेत्रको लगानी र रोजगारी सिर्जनाले राष्ट्रिय पुंजीको निर्माणमा सहयोग पुर्‍याउँछ ।’ उनले सहकारीमा सेयर सदस्यले प्रजातान्त्रिक नियन्त्रण गर्ने उल्लेख गरे । उनले ढिक ढंगले सहकारी चलाउन सेयर सदस्यले नियमित गतिविधिको निगरानी गर्न सुझाव दिए ।

Advertisement


सहकारीका निवर्तमान अध्यक्ष ईश्वरप्रसाद आचार्यले सबै सेयर सदस्यले सहकारीमा नियमित बचत गर्नु पर्ने बताए । उनले बिना धितो डुब्नेगरी ऋण लगानी गर्न नहुने उल्लेख गरे ।


‘मजदुरको सुखी र समृद्ध जीवनका लागि श्रमिक सहकार्य’ भन्ने नाराका साथ भएको कार्यक्रममा सहकारीका सचिव वृहस्पति पराजुली र सञ्चालक समितिका सदस्यहरु विष्णुबहादुर पराजुली र कर्णसिह गुरुङ लगायतले सहकारीको बारेमा बोलेका थिए । कार्यक्रममा उत्कृष्ट सेयर सदस्यहरु जमुनाकुमारी थापा क्षत्री, रत्ना कार्की, जीतबहादुर मश्रांगीमगर, शेरबहादुर भुजेललाई सम्मान गरिएको छ ।


अध्यक्ष पराजुलीले सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन, कोषाध्यक्ष खत्रीले पेश गरेको आर्थिक प्रतिवेदन र सहकारीको लेखा समितिको संयोजक मन्जुल सुवेदी प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन र ऋण समितिका सदस्य गोपिलाल लामिछानेले पेश गरेको वार्षिक प्रतिवेदन सभाले सुधार सहित पारित गरेको छ । सहकारीमा ४ सय ८३ सेयर सदस्य छन् ।

तपाईको प्रतिक्रिया