माझठानाका ९ प्रतिभा सम्मानित

पोखरा ।
कास्कीको माझठाना गाउँबाट पोखरा समाजको नवौँ वार्षिक साधारण सभामा ९ जना प्रतिभालाई सम्मान गरिएको छ । माझठानामा जन्म भई पोखरामा विभिन्न पेसा व्यवसायमा संलग्नहरूको साझा संस्थामा आबद्ध सदस्यहरूका प्रतिभावान छोराछोरीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा डा. अपार लामिछाने, डा. पूजन लामिछाने, डा. विजय बास्तोला, डा. विमला तिवारी, डा. नरेन्द्र लामिछाने, चार्टर्ड एकाउन्टेन्टद्वय दीपक भुर्तेल र सागर लामिछाने, सिइओ हरिबहादुर बुढाथोकी र इन्जिनियर निरोज लामिछानेलाई सम्मानपत्रले सम्मान गरिएको हो ।
समाजका सल्लाहकार तोयनाथ लामिछानेले कार्यक्रमको उद्घाटन एवं प्रतिभालाई सम्मान गर्दै माझठानाबाट पोखरामा विभिन्न क्षेत्रमा स्थापित हुँदै समाजको पहिचान उजागर गर्न सफल समाजको योगदान प्रशंसनीय रहेको बताए ।
सल्लाहकार एवं सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले माझठाना जन्मभूमि र पोखरालाई कर्मभूमि बनाउँदै आएकाहरूको साझा संस्था समाजले सबैलाई एकै थलोमा जोड्न सफल भएको बताए । सम्मानित व्यक्तित्व वीर अस्पतालका वरिष्ठ चिकित्सक अपार लामिछानेले समाजका शिक्षा र स्वास्थ्य क्षेत्रका प्रतिभाको पहिचान गरी माझठानाको विकास निर्माण र सामाजिक सेवामा उपयोग गरिनुपर्ने बताए ।
समाजले जटिल रोगबाट पीडित माझठानाका नन्द तिवारीलाई एक लाख ३२ हजार र रतन परियारलाई ६० हजार ४९६ रुपैयाँ उपचारका लागि आर्थिक सहयोग गरेको अध्यक्ष सारदा लामिछानेले जानकारी दिइन् । कार्यक्रममा समाजमा ११९ जना आजीवन सदस्य रहेका छन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष भोला ओझा, प्रथम उपाध्यक्ष रामकृष्ण तिवारी, सचिव विष्णुहरि तिवारी र कोषाध्यक्ष बद्रीनाथ भुर्तेल लगायतले समाजको महत्व र यसले सामाजिक क्षेत्रमा खेलेको भूमिकाका बारेमा प्रकाश पारेका थिए । समाजका सदस्य बीच पारिवारिक वनभोजको समेत आयोजना गरिएको थियो ।









मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
मुलुक चुनावमा होमियो, अब सुशासन र समृद्धिको मार्ग: संचारमन्त्री खरेल
कवि शिरोमणिको दर्शनमा विद्यावारिधि गर्ने ढकालको अभिनन्दन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया