ध्रुव माविको वार्षिकोत्सव

पोखरा ।
मादी गाउँपालिका वडा नम्बर ४ तारकाङमा रहेको ध्रुव माविको ७०औं वार्षिकोत्सव तथा अभिभावक सम्मेलन २०८२ भएको छ ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहको जिम्मेवारीमा पर्ने बताए । शिक्षा तीन तहको सरकारको साझा अधिकारको सूचिमा पर्ने उल्लेख गर्दै उनले विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन पालिकाले जोड दिने उल्लेख गरे ।
कार्यक्रममा प्रधानाध्यापक रामबाबु पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । समारोहमा विभिन्न अक्षयकोष छात्रवृत्ति पुरस्कार, शैक्षिक तथा खेलकुदका विषयमा पुरस्कार वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर सापकोटाले जानकारी दिए ।
कार्यक्रममा विद्यालयको बस सञ्चालन तथा व्यवस्थापनको लागि आर्थिक सहयोग गर्ने व्यक्ति, ज्येष्ठ नागरिक भोजराज सापकोटा लगायत विद्यालयलाई विभिन्न विधामा सहयोग गर्ने महानुभावलाई सम्मान गरिएको छ ।
कार्यक्रममा मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटा, पूर्ववडा अध्यक्ष सत्यराज सापकोटा, भूगर्भविद डा सोमनाथ सापकोटा, विद्यालयका प्रमुख संरक्षक पूर्णबहादुर ह्योल्मो, बज्र मादी जलविद्युत आयोजनाका अध्यक्ष जगतबहादुर पोखरेल, सीताराम माविका प्रधानाध्यापक वशन्त सापकोटा, विद्यालयका पूर्व प्रधानाध्यापकहरु रामबहादुर चापागाईं, मित्रलाल सापकोटा, नारायण सापकोटा, विद्यालयका शिक्षकहरु रुद्रनाथ सापकोटा, पशुपति पाण्डे लगायतले शिक्षा क्षेत्रको बारेमा बोलेका थिए । कार्यक्रममा विद्यार्थीले सांस्कृतिक प्रस्तुति राखेका थिए ।









ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया