न्यानो कपडा र स्टेसनरी सहयोग

पोखरा ।
रूपा गाउँपालिका–३ स्थित माईमैदान आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण गरिएको छ । पोखरा–२९ स्थित जनप्रकाश बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयराज भण्डारी र पोखरा–३१ निवासी मणिराम कँडेलले विद्यालयका २५ जना विद्यार्थीलाई संयुक्त रूपमा न्यानो कपडा र शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
व्यक्तिगत रूपमा खर्च गरी बाबुनानीहरूलाई सहयोग गरिएको भण्डारीले बताए । नेपाल शिक्षक संघ कास्कीका पूर्वअध्यक्षसमेत रहेका भण्डारीले आफूले पनि लामो समयसम्म सामुदायिक विद्यालयमा अध्यापन गरेको र विद्यार्थीलाई थोरै भए पनि सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि प्राप्त हुने बताए । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका निवर्तमान अध्यक्षसमेत रहेका भण्डारीले विभिन्न सामुदायिक विद्यालयमा व्यक्तिगत रूपमा योगदान पुर्याउँदै आएका छन् । उनले पोखरा–२८ माझठानाको रत्नशोभा माध्यमिक विद्यालयको पुस्तकालय विकासका लागि १ लाख ५० हजार रुपैयाँको ‘विजयराज/सिता अक्षयकोष’ समेत राखेका छन् ।
यसैगरी नेपाल ट्रेड युनियन कांग्रेसकै वरिष्ठ उपाध्यक्ष मणिराम कँडेलले विद्यार्थीको भविष्य निर्माणका लागि प्रेरणा प्रदान गर्न सामग्री वितरण गरिएको बताए । पोखरा–३० स्थित शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका कँडेलले यो सानो सहयोगले विद्यार्थीलाई पढाइमा थप हौसला मिल्ने विश्वास लिएको बताउँदै आगामी दिनमा पनि विद्यालय र विद्यार्थीका लागि सहयोग गर्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवेन्द्रकुमार श्रेष्ठले विद्यार्थीका लागि दाताको सहयोग अविस्मरणीय रहने भन्दै धन्यवाद दिए । कार्यक्रममा प्रधानाध्यापक अमरबहादुर विश्वकर्मा र पूर्वप्रधानाध्यापक भरत केसीले पनि दाताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया