वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक

स्याङ्जा। युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृति ‘रात्री आकाश’ विमोचन गरिएको छ। शनिबार वालिङ–८ बिपी चोकस्थित शुभम पार्टी प्यालेसमा आयोजित ‘वालिङ गजल उत्सव–२०८२’ मा १३१ वटा समसामयिक गजलहरूको संग्रह सार्वजनिक गरिएको हो।
‘वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६’ को ३८औं शृंखलाका रूपमा आयोजित कार्यक्रममा गजलकारकी आमा प्रेमकान्ति ढकाल र चर्चित युवा गजलकार बाबु त्रिपाठीले संयुक्त रूपमा कृतिको लोकार्पण गरे। स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना गरिएको हो।
लोकार्पणपछि समीक्षकद्वय सीता गौडेल गैह्रे र राहुल शंकरले ‘रात्री आकाश’ र ढकालको लेखन शैलीमाथि समीक्षात्मक मन्तव्य राखे। सो अवसरमा स्रष्टा ढकालले आफ्नो गजल लेखन अनुभव र कृतिका बारेमा प्रकाश पारे।
नेपाली लेखक संघ स्याङ्जाद्वारा प्रकाशित उक्त कृतिको सम्पादन युवा स्रष्टा मिलन समीरले गरेका हुन्। कार्यक्रममा सम्पादक समीर, गजलकारकी आमा, श्रीमती र ससुरा–सासू लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
को हुन् ढकाल ?
स्याङ्जाको गल्याङ नगरपालिका–११ लबरकोटमा जन्मिएका ढकाल हाल गल्याङ–९ अमिलाथुमस्थित जानकी माध्यमिक विद्यालयमा शिक्षण पेसामा आबद्ध छन्। वालिङ बहुमुखी क्याम्पसबाट स्नातक (बिएड) र नेपाल कमर्स क्याम्पस मिनभवनबाट स्नातकोत्तर (एमबिएस) पूरा गरेका उनी आधुनिक नेपाली मौलिक गजल लेखनमा सक्रिय छन्। उनी जगतदेवी साहित्य संगम गल्याङका सह–सचिवसमेत हुन्।
गजल उत्सवमा स्रष्टाहरूको जमघट
कार्यक्रमको दोस्रो सत्रमा वालिङ गजल उत्सव सम्पन्न भयो। सो अवसरमा दिलीप मगर, ध्रुवप्रसाद शर्मा पंगेनी, सिर्जना खनाल, पूजा रेग्मी, गजल यात्री एसी, सरस्वती अर्याल काफ्ले, नेत्र अधिकारी, लोकनाथ भण्डारी, प्रेमबन्धु सुवेदी लगायतले रचना वाचन गरे।
त्यस्तै चण्डिकाप्रसाद भट्टराई, लक्ष्मीप्रसाद भण्डारी, अनिषा तिवारी, झवनाथ बस्याल, रेशमलाल डुम्रे, राजु गैह्रे, विनुप्रसाद पराजुली, देवराज गैह्रे, पारिश्वर न्यौपाने, शम्भु अर्याल, वसन्त खनाल, मित्रलाल गौतम, हिमालयजंग बानियाँ, नारायण न्यौपाने, ढालबहादुर केसी, भोजकुमारी पाण्डे, लेखनाथ काफ्ले, डोलराज भण्डारी, डिल्लीराम भण्डारी र कुसुम भण्डारी लगायतका स्रष्टाले आफ्ना उत्कृष्ट सिर्जना सुनाएका थिए।
हुमनाथ ढकालले स्वागत गरेको कार्यक्रमको संयोजन अभियानका संस्थापक संयोजक मिलन समीरले गरेका थिए।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया