सरकारको मुख्य काम चुनावः घिसिङ

पोखरा ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले यो सरकारको मुख्य काम चुनाव गराउनु भएको बताएका छन् । रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा आइतबारदेखि लेकसाइडमा सुरु भएको २७ औं सडक महोत्सवको उद्घाटनपछि मन्त्री घिसिङले यस्तो बताएका हुन् ।
उनले फागुन २१ गते हुने निर्वाचन सफल बनाउनु अहिलेको सरकारको मुख्य काम भएको औंल्याए । ‘यो सरकारको काम मुख्य काम भनेको चुनावै हो । आगामी फाल्गुन २१ मा चुनाव हुनुपर्छ । यो चुनाव, चुनावले देशलाई एउटा स्थायित्वतिर लानेछ र यदि चुनाव भएन भने देश अस्थिरतामा जानेछ’, उनले भने, ‘त्यसैले हामी चुनावतिर अगाडि बढ्नुपर्छ । चुनाव पछिको सरकार कस्तो आउने भन्ने महत्वपूर्ण हो । त्यसैले आम जनसमुदाय, चुनाव पछिको सरकारको नेतृत्व सही व्यक्तिहरू आउनुपर्छ ।’
नेपाल र नेपाली परिवर्तनको संघारमा रहेकाले चुनावमार्फत सही सरकार र संसदमा हुने गरी चुन्न उनको आग्रह छ । ‘यो देशलाई यो राजनीतिक परिवर्तनले मात्रै हुँदैन । राजनीतिक परिवर्तन धेरै देख्यौँ । अब इकोनामिक ट्रान्सफर्मेसनमा जानलाई सही व्यक्तिहरू प्राइम मिनिस्टर हुनुपर्यो, मन्त्री हुनुपर्यो’, उनले भने, ‘त्यसपछि मात्रै नेपालमा ठूलो इकोनामिक ट्रान्सफर्मेसन हुन सक्छ । त्यतातिर सबैले विशेष ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।’
मन्त्री घिसिङले उज्यालो नेपाल निर्माणका लागि सबै जुट्न आग्रह पनि आग्रह गरे । ‘उज्यालो नेपाल भनेको अब सबै क्षेत्रमा उज्यालो हुनुपर्छ । सबै क्षेत्र, सुशासनको उज्यालो, गरिबी हटाउने उज्यालो, हरेक क्षेत्रको उज्यालो, देशलाई समृद्ध बनाउने उज्यालो देशमा हुनुपर्छ,’ उनले भने, ‘तसर्थ आगामी दिन उज्यालो ल्याउने गरेर उज्यालोमय हुने गरेर तपाईंहरू अगाडि बढ्नुहोला भन्ने मेरो हार्दिक आग्रह छ ।’
पोखरामा गुणस्तरीय विद्युत सेवाका लागि अन्डरग्राउन्ड लगायतका काम भइरहेका उनले चर्चा गरे । ग्रीन करिडोरका लागि पोखरा चितवन र लुम्बिनीमा काम भइरहेको उनले सुनाए । पोखरा र भैरहवा विमान स्थल सञ्चालन गर्न सरकार वर्तमान सरकार लागिपरेको भन्दै उनले यी दुई विमानस्थलले यस क्षेत्रको अर्थतन्त्र चलायमान गराउने विश्वास गरिएको भएपनि त्यसो हुन नसकेको उनको भनाइ छ । उनले फेवा संरक्षणका लागि संघ, प्रदेश र स्थानीय सरकार एकै ठाउँमा हुनुपर्ने धारणा राखे ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया